काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार २४३ जनाले कोरोना भाइरसलाई जितेका छन् ।

पछिल्ला केही दिन यता देशभर कोरोना संक्रमित हुने भन्दा निको हुनेको दर बढी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ८२.८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जना संक्रमित थपिँदा ८ हजार २४३ जना निको भएका हुन् ।

मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ४७१ जनाको पीसीआर परीक्षणमा ३ हजार ५४० र ५ हजार ३४३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ५०२ जना गरी कुल ५ हजार ४२ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

२०७८ जेष्ठ २२, शनिबार १८:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय