
चितवन : चितवनको सेती दोभानमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक पूर्ण रुपमा बन्द भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डको सेती दोभानमा पहिरो खस्दा दुईतर्फी रुपमा सडक बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अविरल परेको वर्षाका कारण आज राति करिब ८ बजेको समयमा भरतपुर महानगरपालिका–२९ सेती दोभानमा पहिरो खसेकाले नारायणगढ–मुग्लिङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयले चितवनका प्रहरी निरीक्षक भगवान राज थापाले जनाएको छ ।
पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध बनेकाले यातायात सेवा ठप्प भएको छ । सडकको माथिल्लो भागबाट ठूलो पहिरो खसेकाले तत्काल पहिरो गएको स्थानमा जान सक्ने अवस्था नरहेको उनले बताए । वर्षा केही कम हुनासाथ भोलि बिहान ५ बजेबाट पहिरो पन्छाउने कार्य शुरु गर्ने तयारी गरिएको उनले बताए ।
उनले पहिरोको जोखिम कायम नै रहेका र यातायातका साधनहरु जाम भएकाले नारायणगढ–मुग्लिङ सडक हुदै यात्रा गर्ने सवारीसाधनहरूलाई वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेका छन् । File Photo