बर्दिबास :  बडादशैं पर्वको जारी नवरात्रभित्रै महोत्तरीको बर्दिबास नगरक्षेत्रका छ जना गरिब तथा मेधावी छात्रछात्राले प्राविधिक शिक्षाको डिप्लोमा (स्नातक) तहको अध्ययनका लागि छात्रवृति पाएका छन् ।

पद्म शम्शेर प्रतिष्ठान बर्दिबास-१ ले नगरक्षेत्रका बासिन्दा रही आफ्नै नगरक्षेत्रकै विद्यालयमा अध्ययन गर्न छ जना गरिब तथा मेधावी छात्रछात्रालाई पूणर् छात्रवृति प्रदान गरेको हो । छात्रवृति पाएपछि अब आर्थिक अभावले आफ्नो अध्ययन नरोकिने छात्रछात्राको भनाइ छ । दशैं पर्व लागेपछि पाएको छात्रवृतिले सबैभन्दा मूल्यवान कुरा उपहार पाएको अनुभूति भइरहेको छात्रछात्राले बताएका छन् ।

“मेरो अब अघिल्लो शिक्षाका लागि पढ्ने सावगास थिएन” बर्दिबास-१२ जुडीटोलको दलित बस्तीका पप्पु दास तत्माले आज आइतबार छात्रवृतिवापतको रकम चेकबाट ग्रहण गर्दै भन्नुभयो, “मेरो लागि छात्रवृति अब वरदान भएको छ, म मेहेनतसाथ पढेर राम्रो नापी विज्ञ बन्नेछु ।” अत्यन्त गरिब परिवारका दासले बर्दिबास-१ स्थित देउराली माध्यमिक विद्यालयमा नापी विषयको डिप्लोमा तह पठनपाठनका लागि प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद (CTEVT) बाट नामाङ्कनको स्वीकृति पाउनु भएको छ ।

Prabadhik_shiksha_nepalvani (1)

पिता श्री दास परिवारको भरणपोषणका लागि वैदेशिक रोजगारीमा अरब जानु भएको र घरमा आँमासहित चार दिदीभाई रहेका आपूmहरुका लागि आर्थिक अभावले उच्च शिक्षा पढ्न सक्ने नरहेको छात्रवृति पाउने दासको भनाइ छ । “मैले पढ्ने रहरले नामाङ्कनका लागि छात्रवृतिका लागि आवेदन त भरें” दासले भन्नुभयो, “आफु जस्ता गरिबले पढ्न पाउने कुरामा भने आश थिएन, तर मैले सिटिइभिटी र प्रतिष्ठान दुबै ठाउँबाट अवसर पाएँ ।” मुख्य पक्ष पठनपाठनका लागि लाग्ने पुरै शुल्क प्रतिष्ठानले ब्यहोरीदिने भएपछि दास अब उच्च तहको प्राविधिक शिक्षा पढ्न पाउने कुराले दङ्ग पर्नु भएको छ ।

दाससँगै यस शैक्षिक वर्षका लागि छ जनाले प्राविधिक विषयको पठनपाठनका लागि छात्रवृति पाएका छन् । जसमा बर्दिबास-१ का सुधा साह र क्षितिज श्रेष्ठ, बर्दिबास-६ का अभिशेक विश्वकर्मा र अभिनव खतिवडा एबम् बर्दिबास-१२ का सोमबहादुर गुर्मछान हुनुहुन्छ । छात्रवृति पाउने छ जनाले नै यो आपूmहरुका लागि खास अवसर भएको प्रतिकृया दिनुभएको छ ।

“घरको मुख्य अभिभावक बुबा गत वर्ष कोभिड-१९ सङ्क्रमणमा परी बित्नुभयो, अब कसले अभिभावकत्व लिई देला र पढौंला भनेर रनभूल्ल परेका बेला प्रतिष्ठानको साथ पाएको छु , “छात्रवृति पाउनेमध्ये श्रेष्ठले भन्नुभयो, “अब मेहनतसाथ पढेर मलाई इञ्जिनियर बन्नु पर्ने भनेर सधैं हौस्याउनु हुने स्वर्गीय बुबाको सपना साकार गर्नेछु ।” पिता जीवन श्रेष्ठको गत वर्ष कोभिड-१९ सङ्क्रमणले मृत्यु भएपछि परिवारको रेखदेख गर्ने कोही नभएका बेला प्रतिष्ठानबाट पाएको स्नेह र सद्भाव सधैं आफ्नालागि उर्जा हुने श्रेष्ठको भनाइ छ ।

Prabadhik_shiksha_nepalvani

छात्रवृति पाउनेमध्ये साहले पूmड ऐण्ड डेरी विषयको अध्ययनका लागि बर्दिबास-११ सुन्दर बस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालय , गुर्मछानले पशुविज्ञान विषयका अध्ययनका लागि बर्दिबास-३ गौरीबासस्थित जनता माध्यमिक विद्यालय र श्रेष्ठले अटोमोवाइल विषयको पठनपाठनका लागि बर्दिबास-२ स्थित जनता माध्यमिक विद्यालयमा नामाङ्कन गराउनु भएको प्रतिष्ठानले जनाएको छ । त्यसैगरी विश्वकर्माले सिभिल इञ्जिनियरिङ्ग र खतिवडाले कम्प्युटर विज्ञान विषयको पठनपाठनका लागि बर्दिबास-६ स्थित जनहित नन्दलाल माध्यमिक विद्यालयमा भर्ना पाउनु भएको प्रतिष्ठानका अध्यक्ष विष्णु खतिवडाले जानकारी दिनुभयो ।

प्रतिष्ठानले गत वर्षदेखि वर्षेनि ११ जना छात्रछात्रालाई पूणर् छात्रवृति उपलव्ध गराउने घोषणा गरेपनि यसपाली तोकिएको आर्थिक र शैक्षिक अवस्था (विषयप्रतिको रुची, लगन र ज्ञान) को मापदण्डमा छ जनामात्र योग्य पाइएको हो । गत वर्षभने ११ जनाले छात्रवृति पाएका थिए र ती सबै हाल अध्ययनरत रहेका प्रतिष्ठानले जनाएको छ ।

Prabadhik_shiksha_nepalvani

गत भदौ १८ गते छात्रवृतिको आवेदन खुलाएको प्रतिष्ठानले यही असोज १८ गते विज्ञहरुको रेखदेखमा लिखित परीक्षा लिएको थियो । आर्थिक रुपमा विपन्न तथा प्रतिष्ठानले लिएको परीक्षामा उकृष्ट भएका विद्यार्थीलाई यस वर्षको छात्रवृति दिने निणर्य भएको प्रतिष्ठानका अध्यक्ष खड्काको भनाइ छ । प्रतिष्ठानले सात सदस्यीय छनौट समितिले लिखित परीक्षा उतिणर् गरेका सबै आवेदकको घरपरिवारको स्थलगत अनुगमन गरेर आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई छात्रवृति दिने निणर्य गरेको जनाएको छ ।

विगतमा आर्थिक अभावकै कारण आफ्नो पढ्ने इच्छा पुरा नभएको सम्झनाले अहिले केही सामाजिक काम गर्नसक्ने आर्थिक हैसियत भएपछि शैक्षिक अवस्था सुधारका लागि पहल थालेको प्रतिष्ठानका अध्यक्ष खड्काको भनाइ छ ।

“मैले त्यतिखेर (३० वर्षअघि) एसएलसी पास गरेपछि गरिबीकै कारण अध्ययन बढाउन सकिन” खड्काले भन्नुभयो, “अहिले मेहनतले केही खर्च गर्नसक्ने भएको छु, त्यसैले स्वर्गीय पितामाताको नाउँमा प्रतिष्ठान स्थापना गरेर छात्रवृति कोषमार्फत शैक्षिक काम थालेको हुँ ।” गरिब परिवारका जेहेन्दार छात्रछात्राको पढाइमा सहयोग पुर्‍याउन पाउँदा आपूm सामाजिक काममा रहेको अनुभूतिसँगै सन्तोस र आनन्द लाग्ने गरेको खड्का बताउनुहुन्छ ।

२०७८ आश्विन २४, आईतवार १५:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय