
काठमाडौं : बिमल प्रसाद भट्टराई महोत्तरीको बर्दिबासस्थित किसाननगरका स्थायीबासिन्दा हुन् ।
उनी अहिले यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारी भक्तपुरको प्रमुखको भूमिकामा छन् । यातायात अड्डा भद्रोगोल रहेको सेवाग्राहीले महसुस गर्छन् । सरकारी सेवा प्रवाहको बिषयमा निराशा रहेको बेला उनले यातायात कार्यालय सल्लाघारीलाई व्यवस्थि बनाएका छन् । बिचौलिया मुक्त सरकारी अड्डा बनाएर प्रशंसा बटुलेका छन् ।
इलाका प्रशासन कार्यालय बर्दिबासमा साढे ३ बर्ष सेवा गरेर उनी २०७५ चैत्र २० गते सल्लाघारी यातायातको प्रमुख भएर आएका थिए । २ वर्ष १० महिनामा उनले थोरै जनशक्ति र श्रोतसाधनमा गुणतस्तरीय सेवा प्रदान गरेर सेवाग्राहीको मन जित्न सफल भएका हुन् ।गुणस्तरी सेवा प्रदान गर्ने वातावरण कसरी बन्यो ? भनेर हामीले उनलाई सोधेका थियौं :
–उपलब्ध साधनश्रोतलाई अधिकक्तम प्रयोग गरेर हामी कार्यसम्पादन गरिरहेका छौं । हामीले दिने सेवाले सेवाग्राही खुशी हुनु नै हाम्रो उपलब्धी हो ।
यो उपलब्ध कसरी हात लाग्यो ?
–अहिले टोकन प्रणाली लागु गरेका छौं । टोकन दिदाँ अब कार्यालयले चिन्हयो, स्वीकार ग¥यो भन्ने हुँदो रहेछ ।सेवा पाइन्छ भन्ने बिषयमा सेवाग्राही ढुक्क हुँदो रहेछ । लाइनमा अरुले पालो मिच्ने हुन्थ्यो । अहिले टोक्न दिन्छौं त्यसमा नम्बर लेखिएको हुन्छ । त्यसले लाइन मिच्ने समस्यामा समाधान भयो । हामी समान्यतया ३० मिनेटमा काम गरेर पठाउँछौं ।
अनलाई सेवा किन प्रभावकारी बनेको छैन ?
–हाम्रो सेवालाई मन पराएर सेवाग्राहीले आएर धन्यवाद दिन्छन् ।तर, अलाईन सेवा लिने संख्या धेरै कम छ । अफलाइनमै आकर्षण देखिन्छ । भौतिक पूर्वधार विकास मन्त्रालय बागमती प्रदेशको प्रयासमा अनलाईनबाट राजस्व भूक्तानी गर्ने प्रक्रिया सुरु गरेका छौं । तर, यो सेवा प्रभावकारी बन्न सकेको छैन । धेरैलाई थाहा नभएर पनि होला । सबैको साथ र सहयोग रह्यो भने सुधार गर्न सक्छौं ।
सेवाग्राहीले धन्यवाद दिदाँ कस्तो महसुस हुन्छ ?
–एकदमै खुशी लाग्छ । झन् काम गर्ने उर्जा प्राप्त हुन्छ । गौरवान्वित हुन्छौं । हामीमा नयाँ जागर पैदा हुन्छ । दैनिक ७ सय देखि ८ सवारी साधनका धनीले कर तिर्छन् । धेरै भिड भयो भने १७ सय, १८ सय गाडीले कर तिर्छन् ।
बिहानैदेखि अफलाइन टोक्न दिन मिल्दैंन ?
–बिहानैदेखि टोकन दिनलाई कर्मचारी खटाउनु पर्यो । त्यसका लागि माथिल्लो निकायबाट नीति निर्माण, आदेश, निर्देशन र जनशक्ति थप गरिनु पर्छ । सबै व्यवस्थान भयो भने त झनै राम्रो हुन्छ । सरकारको आदेश आयो भने त गर्ने पर्छ । त्यसका लागि पनि हामी पहल गछौं ।
थोरै जनशक्तिमा धेरै काम
सेवाग्राही खुशी हुनु नै हाम्रो उपलब्धी
तीस मिनेटमा काम गरेर पठाउँछौं
टोकन प्रणालीबाट काम
बिचौलियाले शिर उठाउन खोजे धपाइन्छ
अफलाइनमै आकर्षण देखिन्छ
दैनिक ८ जना कर तिर्न आउँछन्
ढेड अर्ब राजस्व उठाउने लक्ष्य ।
६ महिनामै लक्ष्यको ७० प्रतिशत राजस्व प्राप्त
अहिले कति कर्मचारीबाट काम गरिन्छ ?
–हामी ११ जना कर्मचारीबाट काम गरिहेका छौं । दैनिक १ करोंड राजस्व संकलन गछौं । गत बर्ष १ अर्ब ४० करोड कर उठाएका थियौ । चाल आर्थिक वर्ष २०७८÷०७९ मा एक अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएका छौं । श्रावनदेखि पौष मसान्तसम्म १ अर्ब ६ करोड २० लाख ३० हजार ७ सय २ राजस्व संकलन गरेका छौं । हामी ६ महिनामै ७० प्रतिशत लक्ष्य प्राप्ति गरिसकेका छौं ।तर, यो कार्यालय उपत्यकामा छाँयामा परेको छ । सेवाग्राहीको चाप बढी हुन्छ, जनशक्तिकम छ । जिम्मेबार कर्मचारीसंग मन्त्रालयले छलफल गरेर कुन प्रकृतिका कर्मचारी थप्ने बिषयमा गहन छलफल गर्नु पर्छ । बैठकको निष्कर्ष तुरुन्तै कार्यान्वयमा ल्यानु पर्छ ।
अहिलेको दरबन्दी कति बर्ष अघिको हो ?
–आज भन्दा १३ बर्ष अघिको दरबन्दी हो ।
त्यतिखेर सेवाग्राही कति आउँथें ?
–तथ्यांक हेर्दा दिनको १ सय २५ जनासम्म सेवाग्राही आउँथ्यो । अहिले हजार बढी आउँछ । कर्मचारी संख्या पुरानै छ ।
यसले कस्तो समस्या हुन्छ ?
–भिडभाड हुन्छ । अस्तव्यस्त हुन्छ । कर्मचारी काम गर्ने कि भिड व्यवस्थान गर्ने ? कार्यसम्पादन गर्न निकै समस्या पर्छ । हाम्रो कार्यालयमा अलि जनशक्तिकै समस्या देखिन्छ । बाहिर सवारी पार्किङ गर्ने ठाउँ छ । तर, गेटमा गार्ड नहुँदा चार चक्के गाडी सेवाग्राही लाइनमा बसेका ठाउँमा ल्याएर हुलदिन्छ । भिडभाड हुने अड्डाको परिषरमा बसेर रनिंग गर्ने खालका कर्मचारीको व्यवस्था हुनु पर्छ । यस्ता कर्मचारी भयो सेवाग्राहीलाई सहजिकरण गर्न सहज हुन्छ । कहि ठगि धन्धा हुन लागेको छ भने त्यसलाई नियन्त्रण गर्न सकिन्छ ।कर्मचारी काममा व्यस्त हुन्छ । सबैको दर्जा, कार्य विवरण आफ्नै हुन्छ । कार्यविवरणमा अमिल्दो काम लाउनु भएन । गार्ड, सहयोगी र साहयक दर्जाका कर्मचारी हामी जस्ता कार्यालयलाई आवश्यकता छ ।
बिचौलिय मुक्त अड्डा कसरी बनाउनुभयो ?
–हाम्रो कार्यालयमा बिचौलियाले सेवाग्राही लप्टिटहालेको अवस्थालाई हामीले अन्त्य गरेका छौं । बिचौलियाको ब्रचस्व भएको, हाकाहाकी ठग्ने देखिएको छैन । सेवाग्राहीलाई ठगी गरेको गुणासो निकै कम आउँछ । आएपछि हामी प्रशासनमा खबर गरिहाल्छौं । बिचौलियाले शिर उठाउन खोज्छ तर तिनीहरुलाई हामी चिनेर धपाइहाल्छौं ।
कसलाई बिचौलिया भन्ने ?
–मैले धेरै भिडभाड भएको कार्यालयमा काम गरेर आएको छु । जहाँ भिडभाड हुन्छ त्यहाँ बिचौलियाको गुणजाइस हुन्छ । अधिकृत लेवलको कर्मचारीले अफिस कम्पाउण्ड वा अफिस बाहिर गएर नियन्त्रण गर्ने उसको कार्य वितरणमा पर्दैन । बिचौलिया नियन्त्रणका लागि राज्यको ठोस नीति नै चाहिन्छ । बिचौलिया नियन्त्रण गर्नु पर्छ भन्ने कुरो विभिन्न निकायबाट आदेश निर्देशन आउँछ । कार्यालय प्रमुखले के गरि बिचौलिया नियन्त्रण गर्छ ? बिचौलया भनेको बदमास हो ।
बिचौलियाबाट कर्मचारीहरु डराइरहेका छन् ?
–कतिपय ठाउँमा बिचौलियाहरुले नै कर्मचारीमाथि भौतिक आक्रमण गरेको छ । नचाहिने कुराहरु गर्न सक्छ ।
नियन्त्रण कसरी हुन्छ ?
– बिचौलिया शक्तिले पेश हुन्छ भने राज्य पनि कानुनी शक्तिले पेश हुनु पर्छ । प्रहरी प्रशासन, हाम्रो मन्त्रालय सबैको सहयोग भयो भने बिचौलियालाई तह लगाउन सकिन्छ , यो केही होइन् । कस्तो मान्छेलाई बिचौलिया मान्ने कानुनी परिभाषा हनुपर्छ । एउटा सवारी धनीको कर अर्को व्यक्तिले आएर तिर्न आउने किन नपाउने ? भन्ने बिषय निर्धारण हुनु पर्छ । यि सबै बिषयलाई निर्कोल निकालेर एउटा नीति निर्माण गर्नु पर्छ । सेवाग्राहीलाई ठग्दा ठग्दै पक्राउ गर्ने, मुद्दा चलाउने यि सबै काम गर्न कानुन चाहियो । ठगिमा त हामी उसलाई कारवाही गर्न सक्दैनौं । कोठामा ल्याएर थुन्न सक्दैनौं । सम्झाउन मात्रै सकिन्छ ।
बिचौलिया कसरी जन्मिन्छ ?
–जहाँ फाहोर हुन्छ त्यही त भाइरस जन्मिन्छ जस्तै हो । जहाँ भिडभाड, अस्तव्यस्त हुन्छ त्यहाँ व्यक्तिगत फाइदा लिन बिचौलिया जन्मिन्छ । भिडभाड नियन्त्रण गर्ने विधि अपनाउनु पर्छ । कार्यालय थपेर हुन्छ कि कर्मचारी बढाएर हुन्छ कि कानुन बनाएर हुन्छ सबै कदम चाल्नु पर्छ ।