नेपालवाणी नेटवर्क
जनकपुरधाम, मंसिर ।
मधेशका निवर्तमान सभामुख रामचन्द्र मण्डलले सरकारी निवास छोडेका छन् । सभामुखबाट पदमुक्त भएसङ्गै मण्डलले निवासका साथै र गाडि समेत फिर्ता गरेका छ्न । मधेशका मुख्यमन्त्री निवासमा पूर्वमुख्यमन्त्री सोनलको कब्जा रहेको बेलामा निवर्तमान सभामुख मण्डलले आफु पदमुक्ता भएसङै निवास छोडेका हुन् ।
पदच्यूत भएको १४ औं दिन सम्म पनि पूर्व मुख्यमन्त्री जितेन्द्र (सोनल) प्रसाद सोनारले मुख्यमन्त्री निवासमा कब्जा गरेर बसेको बेलामा सभामुख मण्डलले गाडी सहित आवास फिर्ता गर्नुलाई सकारात्मक कदमको रुपमा लिईएको छ । सभामुख रामचन्द्र मण्डलका स्वकिय धिरेन्द्र कुमार मण्डलका अनुसार विहिवार अपरान्ह १ बजे सभामुखको निवास लगायत अन्य सबै जिन्सी सामन बुझाईएको छ ।
गत कार्तिक २२ गते साँझ पदच्यूत भएका पूर्वमुख्यमन्त्री सोनलले १४ औं दिनसम्म पनि मुख्यमन्त्री निवास कब्जा गरेर बस्दा हालका मुख्यमन्त्री भाडाको घरमा बस्न बाध्य भएको समाचार प्रकाशन प्रसारण भैरहेको समयमा सभामुखले पदमुक्त भएको पहिलो दिनमै सेवा सुविधा सहित निवास र गाडी फिर्ता गरेको हो ।



