बर्दिबास : मधेस प्रदेशका उद्यम व्यवसायीले आफुहरु राज्यबाट उपेक्षित भएको गुनासो गरेका छन् ।

आज सोमबार महोत्तरीको बर्दिबासमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घ, मधेस प्रदेशले आयोजना गरेको ‘सङ्गठन सुदृढिकरण तथा विस्तार’ विषय केन्द्रित विस्तारित बैठकका सहभागी उद्यमीले यस्तो गुनासो गरेका हुन् ।

“हामी उद्यमीले हाम्रो सरकार भन्ने अनुभूति गर्न पाएनौं, साना उद्यमीहरुलाई प्रोत्साहित र प्रबद्र्धन गर्नेतर्फ सरकारले अभिभावकत्व लिन खोजेको सम्म पनि आभास लिन सकिएन” कार्यक्रमका सहभागी महासङ्घका महोत्तरी अध्यक्ष मोहम्मद इम्तियाजले भन्नुभयो । कार्यक्रममा इम्तियाजजस्तै अन्य सहभागीले पनि उद्यम प्रबद्र्धनमा राज्यको बेवास्थाले उद्यमीहरु आर्थिक रुपमा धराशायी बन्दै गएका गुनासो गरेका छन् ।

bardibas_nepalvani_nepalbani_enepalvani (1)

उद्यम प्रबद्र्धन र उद्यमीले प्रोत्साहन पाउन नसकेपछि कतिपय उद्योग केही वर्षभित्रै बन्द भएका कार्यक्रमका सहभागीले औंल्याएका थिए । उद्योग र उद्यमीको यो अवस्था फेर्न महासङ्घले दवावमूलक अभियान बढाउन पर्ने सहभागीले सुझाएका छन् ।

बैठकले प्रदेशभरि नै सङ्गठन विस्तार र सुदृढिकरणका लागि योजनाबद्ध काम अघि बढ्नु पर्ने निष्कर्ष निकालेको छ । कार्यक्रममा महासङ्घका केन्द्रीय उपाध्यक्ष डिबी बस्नेत र सचिब केदार बस्नेतले सङ्गठन सुदृढिकरण र विस्तारबारे प्रदेशभित्रका सबै जिल्ला समितिले योजना बनाएर घनिभूत काममा लाग्नपर्ने बताउनुभयो ।

bardibas_nepalvani_nepalbani_enepalvani (1)

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्यद्वय टेकबहादुर बलम्पाकी र सरोज यादव एबम् मधेस प्रदेशका उपाध्यक्ष रेवती पन्तसहितका नेताले महासङ्घको सङ्गठन सुदृढिकरण तथा विस्तार अभियानको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम महासङ्घका मधेस प्रदेश अध्यक्ष फुलगेन यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

bardibas_nepalvani_nepalbani_enepalvani (1)

२०७८ फाल्गुन २, सोमबार १९:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय