जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा आज बिहानदेखि मतगणना शुरु भएको छ ।

वडा नम्बर १ को ४ सय मत गणना हुँदा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले अग्रता लिएका छन् उनी नेपाली कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका हुन ।

साहले १ सय ३५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका शिवशंकर साह ‘हिरा’ ले ४५ र अर्का स्वतन्त्र उम्मेदवार बलराम साहले ३३ मत प्राप्त गरेका छन् ।

सत्तारुढ गठबन्धनका उम्मेदवार लालकिशोर साहले २८ मत प्राप्त गरेका छन् ।

२०७९ बैशाख ३१, शनिबार ०९:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय