Janardan_sharma-nepalvani2

काठमाडौं: सरकारले आर्थिक वर्ष ०७९/८० मा पर्यटन क्षेत्रको विकास गर्न ९ अर्व ३८ करोड बजेट बिनियोजना गरेको छ । आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

नेपालको विशिष्ट प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्यतालाई विश्व पर्यटन बजारमा प्रवद्धन गरी आर्य–आर्जनको क्षेत्रमा स्थापित गरिनेगरी कार्यक्रम छ । आगामी आर्थिक वर्षमा थप १० लाख पर्यटक भित्राउने गरी पर्यटन क्षेत्रलाई प्रवद्धन गर्ने अर्थमन्त्री शर्माले बताएका छन् । उनले बजेट प्रस्तुत गदै भने, ‘नेपालको पृथक भौगोलिकतालाई विकास गरी नयाँ पुस्तालाई आकर्षित गर्ने गरि विकास गरिनेछ, साथै विसकातर्फ संवेदनशिल पर्यटन क्षेत्रलाई प्रवद्र्वन गरिन्छ ।’

‘गुरूङ, कुमार, राई लगायत जनजातिका मुख्य थलो सांस्कृतिक रूपमा आधुनिकताले नछोएका गाउँहरू, भिन्न प्रकारका रहनसहन भएका गाउँ–सहरका क्षेत्रलाई आकर्षित पर्यटकीय क्षेत्रका रूपमा विकास गरिन्छ,’ कार्यक्रम प्रस्तुत गर्दै शर्माले भने, ‘कोभिड १९ को महामारीबाट प्रभावित होटल व्यवसायीलाई आर्थिक वर्ष ०७९/८० को वार्षित इजाजत र नविकरण शुल्कमा छुट दिने व्यवस्था मिलाएको छ ।’ त्यस्तै, पर्यटन क्षेत्रको लागि प्रवाह हुने सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिइएको छ । होटेल व्यवसायिलाई नेपालमा उत्पादित, माछा, मासु प्रयोग गर्नको लागि प्रोत्साहन गरिनेछ । ऐतिहासिक तथा पुरात्तातिक उत्खननलाई निरन्तरता दिइनेछ ।

भुकम्पबाट क्षतिग्रस्त पुरातात्विकहरुको पुनर्निमाण कार्य सम्पन्न गर्न रू २ अर्ब बिनियोजन गरिएको शर्माले बताए । ‘पर्यटकीय पूर्वधार विकासमा नीजि क्षेत्रको लगानी आकर्षित गरिन्छ, प्रदेश सरकार र नीजि क्षेत्रको सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जनात्मक तथा साहासी पर्यटनका लागि हिल स्टेसन विकास गर्न प्रोत्साहन गरिन्छ,’ उनले कार्यक्रममा भने, ‘स्थानीयतहको लागत साझेदारीमा २१६ स्थानमा सञ्चालित पुर्वधार विकासका लागि रू ९० करोड विनियोजन गरेका छौँ ।’

आरोहणका लागि खुल्ला गरिएको हिमालका लागि आधार शिविरसम्म जाने पदमार्गको स्तरोन्नोती, पदमार्गमा सञ्चार सुविधा पहुँच विस्तार गर्ने पनि जनाए । उच्च हिमाली क्षेत्रमा पुर्वदेखि पश्चिमसम्म फैलिएको ग्रेड हिमाल टे«लका निर्माण लागि रू ३३ करोड विनियोजन गरिएको शर्माले बताए । छिमेकी मुलुक भारत र चीनबाट पर्यटन आगमन वृद्धि गर्न सिमावृत्ति सहर, ठुला सहरमा शौक्षिक संस्थाहरूमा पर्यटन बोर्डमार्फत शैक्षिक मेला तथा रोड सो जस्ता विशेष कार्यक्रम बोर्ड मार्फत सञ्चालन गरिन्छ ।

सगरमाथा क्षेत्रमा पर्वत आरोहण तथा अनुसन्धान केन्द्र र शर्पाको साहसीपन झल्किने केन्द्र स्थापना गरिनेछ । पाँच सय भन्दा पुराना हिमाली गुम्बाका लागि हिमालीगुम्बा संरक्षण सञ्चालन गरिन्छ । साथै काठमाडौं महानगरपालिकाको सहकार्यमा एउटा नेवा संग्राहलय स्थापना गर्नुको साथै पोखरामा गुरूङ मैलिक संस्कृती संरक्षण गुरू योजना कार्यक्रम गर्न सहयोग गरिने गरी बजेट छुट्याइएको अर्थमन्त्री शर्माले बताए ।

प्रमुख पर्यटकीय गतव्यको यात्रा सहज बनाउन मुगु, मुनाङ, मुस्ताङ, सोलुखुम्बुको सडक व्यवस्थाको लागि बजेट छुट्याइएको छ । पर्यटकीय गतव्यमा शौचालय, ढल व्यवस्थापन, खानेपानी, साइकलेन, निशुल्क इन्टरनेट सेवा प्रवद्धन गर्ने गरी बजेट ल्याइएको बजेट बिनियोजन गरिएको अर्थमन्त्री शर्माले बताए ।

‘सगरमाथा क्षेत्रसम्म हालको मार्गलाई सुधार गरी नीजि क्षेत्रमार्फत चतरा सगरमाथा दु्रतमार्ग निर्माण गरी दुई घण्टामा सगरमाथा अवलोकन गर्नसक्ने गरी पुर्वधार निर्माण गरिन्छ,’ अर्थमन्त्रीले बजेट प्रस्तुत गदैभने, ‘मुक्तिनाथ र उपल्लो मुस्ताङलाई जोड्ने सडक स्तारोन्नती गरिन्छ ।’

केवुलकार सञ्चालन गर्न निजी क्षेत्रलाई सहजीकरण गरिन्छ । धार्मिक, सांस्कृतिक, साहसी, कृषि तथा खेल सञ्चालन गरी पर्यटक आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिन्छ । नेपालका मुख्य मठमन्दिर तथा धार्मिक मुर्ति एकै ठाउँमा अवलोकन गर्न प्रतिरूप संग्रालय स्थापना गरिन्छ । साथै कीर्तिपुरमा भएको जनजाति संग्रालय स्थापना गरिनुको साथै नेपालको साहासी संग्रालय स्थापना गर्ने कार्यक्रम छ।
मधेशको जनकपुर र सिम्ररगैण तथा कर्णलीको रारा, हुम्ला से–फोक्सुन्डो, छायानाथ, लिमि र सुदुरपश्चिमको सातदेविहरू पर्यटकीयस्थलका रूपमा प्रवद्धन गर्ने आगामी योजना रहेको छ ।

२०७९ जेष्ठ १५, आईतवार १८:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय