काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ ।

हिजो बुधवार मेयर साह र आफूबीच भेटवार्ता भएको महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

भेटमा काठमाण्डौको फोहर व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवालगायतका विषयमा अर्थपूर्ण छलफल भएको उनले उल्लेख गरेका छन् ।

काठमाण्डौ महानगरपालिकाको सकारात्मक पहलकदमीमा आफ्नो निरन्तर साथ रहने भने महामन्त्री थापाले बताए ।


२०७९ श्रावण १९, बिहीबार १६:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय