अनिल कुमार साह / तिनकौरिया

नेपाल–भारत सिमाको धनुषाबाट प्रतिबन्धित लागू औषध सहित दु्ई जना युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका १ सिमा स्थित नाकामा लाग्र औषध ओसार–पोसारमा संलग्न दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

सिमा सुरक्षा बल महिनाथपुरबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा भारतबाट नेपाल नेपाल ल्याउँदै गरेको मोटरसाईकललाई चेकजाँच गर्दा लागू औषध बरामद भएको हो ।

प्रदेश २–०२–००३ प ८३०८ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा नाईट्रोजन, निट्राभेट, निट्रोसोन्ट, स्पास्मो प्रोभ्याक्सिन, एक्सिपिलोन सहितका लागू औषधि सहित दुई युवकलाई पक्राउ गरिएको प्रहरी निरिक्षक गणेश दत्त पाण्डले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका ५ का १८ वर्षिय सन्तोष यादव र सोही स्थानका २१ वर्षिय महबुद खान रहेको सिमा सुरक्षा बलका प्रहरी निरिक्षक पाण्डेले जानकारी दिए ।

पछिल्लो समय सिमा सुरक्षामा कडाई गरिएपछि अवैद्य तस्करी तथा लागु औषधको कारोबारमा कमी आएको विदेह नगरपालिकाका मेयर बेचन दासले प्रतिक्रिया दिए ।

सशस्त्र प्रहरी बल सिमा सुरक्षा महिनाथपुरमा सशस्त्र प्रहरी निरिक्षक गणेशदत्त पाण्डे आएपछि उल्लेख्य सुधार भएको सर्वसाधारणको भनाई छ । पछिल्लो समयमा लागू औषध तथा तस्करीमा व्यापक मात्रामा कमी आएको छ ।

२०७९ आश्विन ८, शनिबार १२:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय