
मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री तथा महोत्तरीको क्षेत्र नं. १ (ख) बाट प्रदेशसभाका उम्मेदवार भरत प्रसाद साह आगमी मुख्यमन्त्रीको दाबेदार समेत हुन् । उनी सरकारमा रहदा समग्र मधेश र शान्ति सुरक्षा देखि संघीय सरकारसंगको भतभेद र निर्वाचन क्षेत्रमा गरेका विकास योजना र आगामी रणनीतिहरुको विषयहरुमा केन्द्रित रही संचारकर्मी गोविन्द महतोले गरेको उम्मेदवार भरत साहसंग गरेको कुराकानीको सम्पादित अंश :
चुनावी तयारी कस्तो चल्दैछ ?
चुनावको तयारी घरदैलो देखि भेटघाट तथा छलफल र पार्टीको आन्तरिक, बाह्य तथा चुनावी गठबन्धन दलसंगको छलफल तिव्रताका साथ चलिरहेको छ । गठबन्धनको संयन्त्र निर्माण भएर चुनावमा परिचालन भैसकेको छ । सबै हिसाबले गृहकार्य भईरहेको छ । चुनावमा त मतदानको दिन सम्म कुनै न कुनै किसिबाट मतदातासंग भोट माग्ने, आफ्नो योजना प्रस्तुत गर्ने लगायतको काम भैरहन्छ ।
पहिलो मत माग्न जादा र अहिले मत माग्न जादा के फरक पाउनु भो ?
विगत र अहिलेको प्रचार प्रसार शैलीमा फरकपना आएको छ । उम्मेदवारहरुले पर्चा पम्पलेट, पोष्टर, झण्डा भन्दा पनि सोसल मिडियामा आकर्षण बढेको मैले देखेको छु । रेडियो, टेलिभिजन, पत्रपत्रिका सञ्चार माध्यम, मिडियाको माध्यमबाट आफ्नो कुरा राखिरहेका छन् । मतदाताको कोणबाट हेर्दा मतदाताहरु पहिल्यै भन्दा बढी सचेत छन् । मतदाताहरुले सबै उम्मेदवारलाई सम्मान गर्ने, सकारात्मक भाव राख्ने, स्वागत सत्कार गर्ने जस्ता परिपाटीको विकास भएको छ, जुन पहिल्यै धेरै कम हुन्थ्यो । पहिला एउटै घरमा चार जना चार पार्टीका हुन्थे । चुल्हो पनि चारवटा हुन्थ्यो । तर यो पटक खाना एउटैमा खाने वकालत गर्ने पनि पहिल्यै जस्तौ वैमनश्ता छैन् । पहिल्यै जनताप्रति सर्पोट र ईगनोर जसरी हुन्थ्यो, त्यो लेवलमा कमि आएको छ ।
घरदैलोमा मत माग्न जादा जनताले के अपेक्षा राख्छन ?
जनताले प्रदेश वा प्रतिनिधिसभा सदस्यले कानून बनाउने, कार्यान्वयन गराउने, सरकार चलाउने, सुशासनको प्रत्याभुति गराउने भन्दा पनि विकास निर्माण बढी केन्द्रित भएको देखेको छु । अर्को जितेर गैसकेपछि तपाईहरु फर्किएर आउनु हुन्न, भने कुरा जहाँ पनि उठ्ने गरेको छ । त्यसकारण यी दुई कुरालाई सम्बोधन गर्नका निमित्त मेकानिज्म के बनाउने भनेर सोच्दैछु । जनताको अपेक्षा धेरै छ, तर हामीसंग त्यति आर्थिक बजेट हुदैन् तैंपनि हामी क्रमशः गर्दै जाने हो ।
जितेर गैसकेपछि फर्किएर नेता आईदिएन भन्ने गुनासो जनतामा छ नि ?
जितेर गैसकेपछि घरमा फर्केर आएन् भन्ने जनप्रतिनिधि माथिको गुनासो छ । जितिसकेपछि विधायिका, कार्यपालिका, प्रदेशसभा, सरकार गएपछि त्यो सम्भाल्ने काम हुन्छ, अनि सधै सबै घरमा जान कठिन हुन्छ । त्यसकारण जनताको पहुँच नेतासंग जसरी हुनुपर्छ, त्यसरी त्यो नभएको अनुभुति जनतालाई भैरहेको छ । त्यसैले जनतासंग सहजताको निमित्त सजिलै भेट्न पाउने वातावरण, फोन रिसिभ हुने तथा सञ्चार माध्यमबाट जनताको कुरा पुगीरहने र त्यसलाई सम्बोधन गर्ने जनप्रतिनिधिहरुले काम गर्नुपर्छ ।
तपाईले हाल सम्म गरेको नमूना योजनाहरु के-के हुन ?
संविधानसभा सदस्य देखि हाल सम्मको योजना भन्दा भौतिक पूर्वाधारको क्षेत्रमा धेरै कामहरु भएको छ । जून गनेर साध्य नै छन् । जसरी गौशाला जिरोमाईलको ९२ नं. किता भुमाफियाको हातमा गैसकेको थियो । नक्कली लालपुर्जा बनाएर प्लटिङ्ग गर्दा ठुलो बबाल भएको थियो । त्यसलाई रोक्न लगाएर अदालतबाट सरकारको पक्षमा मुद्दा जितेर महोत्तरी सबैभन्दा ठुलो र नमूना मानिस अटाउने १५ सय अटाउने अत्याधुनिक बहुउदेशीय भवन निर्माण भएको छ । अहिले सबै काम त्यही भवनमा हुन्छ । खयरमारामा निर्माला लामा बहुप्राविधिक शिक्षालय जहाँ १० वटा फयाकेल्टिको अध्ययन अध्ययापन हुन्छ । अर्ब भन्दा बढीको बजेटमा भवन निर्माण भैरहेको छ । खयरमाराको चूरौटे डाडामा जनयुद्ध शहिद पार्क निर्माण हुदैछ । पूर्व पश्चिम राजमार्गमा बाँके ग्रीन पार्क, कान्तिबजारमा आयुर्वेदिक क्याम्पस सञ्चालन, पाँच तल्ले भवन निर्माणाधिन छ । पछिल्लो समय कृषि तथा वन विद्यालयबाट निगौल गाई गौशालालाई अनुसन्धान केन्द्र बनाउने, भेटनरी अर्थात पशु विज्ञानमा चिकित्सकीय तथा प्राविधिक शिक्षालाई बढी जोड दिईएको छ ।
सडक सञ्जालको क्षेत्रमा राजमार्गको शिवचोक देखि कान्तिबजार, राजमार्ग हुँदै रघुनाथपुर सम्म कालोपत्रे हुने क्रममा छ । मंगलवा देखि महेन्द्रनगर सम्म सडकमा कालोपत्रे हुदैछ । खैरमारामा २० दलित बस्ति, फूलकाहामा ३५, बेलगाछी भोर्लैनीमा २० घर, रजखोर महलनीया पोखरीमा मुसहर बस्ति निर्माण भएको छ । महेन्द्र नारायण निधि आवास योजनामा खैरामारा, गौशाला लगायतमा घर निर्माणाधिन अवस्थामा छ ।
गृह तथा सञ्चार मन्त्रालय जिम्मेवारीमा के-के गर्नुभो ?
मूलत प्रहरी समायोजनको विषयमा आन्दोलनको सुरुवात भएको छ । एउटा सरकारले अर्को सरकार बिरुद्ध आन्दोलन गरेको बिरलै पाईन्छ, जुन मैले गरे । जनयुद्ध समाप्त भएको दशकौं भयो तर कसैले जनयुद्धका शहिदहरुलाई सम्मान गर्न सकेको थिएन, जुन काम मैले गरे । जनयुद्ध र मधेश आन्दोलनका शहिद परिवारलाई भरणपोषण, वेपत्ता परिवारलाई सिपमुलक तालिम दिएर आर्यआर्जनमा लगाउने, दिर्घ रोगीहरुलाई स्वास्थ्योपचरको लागि आर्थिक सहयोग लगायतको काम भएको छ ।
परिवर्तनको मुख्य श्रेय जनयुद्धलाई जान्छ, हामीले जनयुद्ध संग्राहलय गौशाला बर्दिबासको बीचमा बनाउँदैछौं । सञ्चारमन्त्रीको हैसियमा नेपाल टेलिकमको सहकार्यमा गौशाला, खयरमारा टेलिफोन एक्सचेन्जको निर्माण भएको छ । एउटै तारबाट टेलिफोन, नेट, टेलिभिजन चल्ने भएको छ । धेरै अधुरा कामहरु छ, जसलाई पुरा गर्नुछ, त्यो कामलाई पुरा गर्न पनि मलाई मतदान गरेर पठाउन जरुरी छ ।
नेपाल-नेपाल खुल्ला सिमाको कारण लागू औषध प्रयोगकर्ता बढ्दो नियन्त्रणमा किन चासो भएन ?
समाजको मूलधारबाट बाहिर गएको अथवा लागू औषध दुव्र्यसनमा फसेकोको लागि पुर्नस्थापित गर्न सुधार केन्द्र खोल्दैछौं । सिमापारीबाट औषधि खाएर आउने दुर्घटना गराउनेलाई रोक्न प्रदेश मातहतको सबै प्रहरीमा निर्देशन दिएको छु । नियन्त्रणमा कडा निगरानी पनि छ । दुव्र्यसनमा फसेकालाई फेरी समाजमा घुलमिल गर्न पुर्नस्थापन केन्द्रमा निःशुल्क उनीहरुको खाने, बस्ने देखि लिएर औषधि, उपचार, मेडिटेशन, व्याम लगायतको सुविधालाई मध्यनजर गरेर सञ्चालन गरिन लागिएको छ । प्रदेश स्तरको गौरवको आयोजना केही दिनमै जनशक्ति सहित सुविधा सम्पन्न पुर्नस्थापना केन्द्र सचारु हुनेछ ।
तपाईले गृहमन्त्रालयको जिम्मेवारीमा रहदा शान्ति सुरक्षाको स्थित कस्तो पाउनु भो ?
मधेश प्रदेश प्रहरीलाई मैले गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दा चार पाङग्रे, दई पाङग्रे गाडी उपलब्ध गराएको छु । जस्तो महोत्तरीकै कुरा गर्ने हो भने ईलाका प्रहरी कार्यालय गौशााला, रामगोपालपुर, बर्दिबास, सम्सी सशस्त्र प्रहरी मुख्यालय माईस्थान बर्दिबास यावतको स्थानमा सवारी साधन देखि विपद् व्यवस्थापनको सम्पुणर् सामग्री सहितको उपकरणहरु उपलब्ध गराएका छौं । मोटर बोट, बोट लगायत ईक्युपमेन्टहरु उपलब्ध गराएको छ । शान्ति सुरक्षामा हुनुपर्ने प्रहरी प्रदेश मातहत आईसकेको छैन त्यसैले अपेक्षा अनुसार गर्न सकिएको छैन् ।
तपाई मुख्यमन्त्रीको उम्मेदवार पनि हो ?
देशभरि पाँच दलीय गठबन्धन छ । गठबन्धनको दल हैसियमा म मुख्यमन्त्री दाबेदार हुँ । यहाँको जनताले मलाई जिताएर पठाएर गठबन्धन दलकौ हैसियमा मुख्य नेता भएकोले स्वभाविक मुख्यमन्त्री दाबेदार पनि हुँ । तर त्यसका लागि त पहिले यहाँको जनताले मलाई जिताएर पठाउनुपर्यो । महोत्तरी १ (ख) को जनतालाई विश्वास गरेर जिताउनु पर्छ । जसरी मैले कहिल्यै पनि यहाँको जनताको कुभलो चिताईन् । त्यसरी नै अबको आगामी दिनमा अझ विकास र समृद्धिको मामलामा एक नम्बर बनाएर देखाउछु । यो मेरो प्रतिबद्धता हो । यहाँ जनतालाई म मेरो कामले शिर निहुँरिने मौका दिन छैन् ।
संघीयता भन्दा २२ जिल्लाको मधेश ८ जिल्लामा सिमित भएको जस्तो लाग्दैन ?
तपाईले २२ जिल्लाको मधेश भनिरहनु भएको छ । यसमा डिभेडको विषय भएको छ । थारु मधेशी हो की होईन भन्ने चाँही डिभेड छ । हामी आफ्नो अधिकारको कुरा गर्छौ तर अरुको अधिकार खोस्नु हुदैन् । थारुको अधिकार हामी किन खोस्ने ? थारु यदि मधेशीसंग मिलेर बस्न खोज्छ भने मधेशसंग राखौं । थारु बाहुल्यता भएको प्रदेशको जातिय आधारमा प्रदेश छुटयाउँ । यसमा किरात, ताम्सालिङ्ग, नेवा, तम्वुवान जस्ता क्षेत्रहरुको सिमांकन सन्दर्भमा आउने दिनमा थप सम्बोधन हुने आशा छ । यसमा के भन्न सकिन्छ भने पाएको उपलब्धिको रक्षा गरौं र थप पाउन आन्दोलनको विगुल बजाऔं ।
मधेशवाद के हो ? यो मधेशवाद कहिल्यै सम्म चल्छ ?
मधेशवादको कुरा भन्नु भो । कुनै मधेशवाद हैन् । उत्पिडित समुदायले नेपालको सरहद भित्र मात्र हैन् । दुनियाको तममा देशमा उत्पिढिडत समुदायहरु छ । जसलाई अधिकार सम्पन्न बनाउनुपर्छ । त्यो दलित मात्र हैन, यस्ता बाहुन र क्षेत्रीहरु पनि छन् जो गरिब छन् । उनीहरुको बारेमा कस्ले सोचिदिने ? कतिपय मधेशी समुदाय नै शासक भैसकेका छन् त्यसैले यसलाई समग्र भन्ने हो भने आर्थिक हिसाबले सबै उत्पिडित प्राप्त गर्नका निमित्त वर्गले आन्दोलनका निमित्त वातावरण निर्माण गर्नुपर्छ ।
चुनाव जित्नुभयो भने आगामी पाँच वर्षे योजना के हुन्छ ?
सबैभन्दा पहिलो योजना मेरो मधेश प्रदेशलाई जोड्न पूर्व पश्चिम राजमार्ग र हुलाकी राजमार्गको बीचबाट पूर्व सप्तरीको भारदहबाट सुरु गरेर राजविरामको माथिल्लो भाग हुँदै सिरहाको बीच भाग हुँदै धनुषा महेन्द्रनगरको वरिपरि हुँदै प्रदेश सडक विस्तार योजना मेरो मन मष्तिष्कमा छ । यसैगरी महोत्तरीको रामगोपालपुर गौशाला हुँदै, सर्लाहीको गैर हुँदै रौतहटको गरुडा, बाराको कलैयाँ हुदै परवानीपुर सिमराको बीच हुँदै ६ लेन सडक निर्माणको योजना छ । यसले फास्ट्रयाकको अवधारणमा वस्ति विस्तार, उद्योग स्थापना, कृषि उपज दलहन, तेलहन पुर्याउन सहज हुने काम पहिलो प्राथमिकतामा राखेर गर्छौ । कोशी टप्पु वन्यजन्तु आरक्ष, पर्सा राष्ट्रिय निकुञ्ज जस्ता स्थानमा होमस्टेको अवधारणा अघि बढाउँछौं । स्वास्थ्य र शिक्षाको सम्पुणर् जिम्मेवारी सरकारले लिनुपर्ने संविधान प्रदतः अधिकार सुनिश्चितताको काम हुन्छ ।
महोत्तरी गौशालाका जनतासंग भोट माग्दा जादा के भनेर मत मलाई दिनुस भन्नुहुन्छ ?
सबैभन्दा पहिले निर्माला लामा बहुप्राविधिक विद्यालयलाई थप विषयगत अध्ययन अध्यापनको सुरु गराउनु र थप व्यवस्थित गर्नुपर्नेछ । दोश्रो हुलाकी मार्ग देखि लक्ष्मिनिया भरतपुर, खैरमारा हुँदै चतरा हेटौडा जोड्ने सडक विस्तार गर्ने योजना छ । तेश्रो निगौल गाई गौशाला छ, जुन परापूर्वकालमा दरभंगा महाराजले दिएको छ । त्यसलाई वन विश्वविद्यालयसंग सहकार्य गरेर रिसर्च सेन्टर, मिल्क पाउडर लगायतको कामहरु अघि बढाउने योजना छ । कृषिमा आधारित जनताको लागि मलखाद्य, सिंचाई, बीउँविजन लगायतका सुविधाका लागि बहुउदेशीय सहकारीको मार्फत जनताको आवश्यकता परिपूर्ती गर्ने योजना छ । उखु किसानको लागि व्यवस्थित गर्न उखुको बीउँबीजनमा अनुदान, उखु सहुलियतको लागि समयमा नगद भुक्तानीको लागि पहल गर्ने जस्ता कामहरुलाई प्राथमिकीकरण गरेको छु ।
तपाई प्रदेश सरकारको मन्त्री हुनुहुन्छ ? सरकारको योजनाहरु ५० मिटर, ग्राभेलका योजनाहरुले सरकारै बदनाम भएको छ नि हैन र ?
म यो स्थानीय सरकारको जस्तो ५० मिटर ग्राभेल, ५० मिटर पिसिसि ढलान, माटो पुर्ने, नाला बनाउने कामहरुको शख्त विरोधी मान्छे हो । स्थानीय सरकारले गर्ने काम प्रदेश सरकारले किन गर्ने भनेर मैले पहिल्यै देखि विरोध गर्दै आएको छु । हामीले त प्रदेश योजनाहरु सञ्चालन गर्नुपर्ने हो नि । ग्राभेल, माटो पुर्ने र पिसिसि, आरसिसी त स्थानीय सरकारले गरिहाल्छ नि । त्यसैले म पनि यस्तो कामको विरोधी मान्छे हुँ ।
शान्ति सुरक्षामा प्रदेशको अवस्था कस्तो पाउनुभाछ ?
यो संविधान र नियम कानूनसंगको अत्यन्त महत्वपूणर् विषयको जिज्ञासा राख्नुभयो । संविधानको अनुसुचि ६ को प्रदेश अधिकार क्षेत्रको १ नम्बरमा प्रदेश प्रहरी र शान्ति सुरक्षा छ तर संघीय सरकारले प्रहरी समायोजन गर्न मानिरहेको छैन् । यो विषयमा मैले केही दिन पहिल्यै प्रदेश प्रमुखको कार्यालयमा धर्ना नै बसे । समस्या समाधानको बाटो खुलेको छ, तर म जितेर गईन भने त्यो प्रहरी समायोजन एकदेशको कथा जस्तै हुन्छ । समायोजन गर्न नेपाल सरकारसंग लडाई गर्नुपर्नेछ । प्रहरी समायोजको लागि ७ वटै प्रदेशको गृहमन्त्रीको सम्मेलनले संयोजक मलाई तोकेको छ । सबै गृहमन्त्रीहरुले मेरो मुख ताकिरहेको छ । जुन अभिभारा मलाई पुरा गर्नुछ, त्यसैले मैले निर्वाचन नजिते यो कुराहरु सम्भव हुन सक्दैन् त्यसैले पनि निर्वाचन जित्न जरुरी छ । सबै सुरक्षा निकायसंग समन्वयनका लागि प्रहरी समायोजन नभएका कारण शान्ति सुरक्षाको पाटोमा महत्वपूणर् भुमिकाबाट बञ्चित छौं ।
अन्त्यमा जनतालाई के सन्देश दिन चाहनुहुन्छ ?
अन्त्यमा प्रतिगमन बिरुद्धको गठबन्धन र अग्रगमणका निमित्त केन्द्र र प्रदेशमा बहुमत दिएर जनताको अपेक्षाकृत काम, अधिकार सम्पन्न बनाउने, रोकिएको नागरिकता विधेयक दिलाउन, संघीयता मजबुत र समृद्ध बनाउन, धर्म निरपेक्षता, समावेशी समानुपातिकलाई मजबुत बनाउन गठबन्धन भित्रका सबै उम्मेदवारलाई आफ्नो अमुल्य मत दिएर विजय गराउन म अनुरोध गर्दछु ।