गोविन्द महतो / जनकपुरधाम

गत असोज ८ गते गौशालाको एनआईसी बैंकबाट पैसा झिकेर घर फर्किन लागेको एक दम्पती लुटिए । ओखलढुंगामा रहेका ज्वाइ रामशरण महतोले मजदूरी गरेको एनआइसी एसिया गौशाला शाखामा ऋण तिर्न पठाएको रकम बैंकबाट झिकेर लग्दै गर्दा ईलाका प्रहरी कार्यालयको ठीक सामुन्ने २५ मिटरको दुरीमा लुटियो । गौशाला नगरपालिका ११ भरतपुरका शम्भु महतो र उनकी श्रीमती श्रुजकला देवी महतोले बैंकबाट पैसा झिकेर फर्किँदै गर्दा अज्ञात व्यक्तिले फिल्मी शैलीमा ६ लाख ३६ हजार रुपैयाँ लुटयो ।

घर फर्किने क्रममा गौशाला बजारको ईलाका प्रहरी कार्यालयको २५ मिटरको दुरीबाट मोसामा सवार भएर आएकाले म बैंकको मान्छु हुँ, एउटा सिग्नेचर छुटेछ, बैंक जानुप¥यो भनेर महतोलाई बाइकमा चढाएर बैंक नजिक पु¥याए । श्रुजकलालाई समेत श्रीमान्ले बोलाएको भनी बाईकमा सवार गराई ईलाका प्रहरीको अगाडीबाटै लगेर लुटपाट गरे ।

गत केही महिना अगावै गौशाला बजारमा पार्किङ गरी राखिएको कार चोरी भयो । गौशाला नगरपालिका ५ का रुपेश कुमार साहले घर अगाडि पार्किङ गरी राखेको प्र २–०२–००१ च ०८१७ को कार चोरी भएको महिनौ वित्न लाग्दा समेत फेला परेको छैन् । ईलाका प्रहरी कार्यालयको प्रहरी विट नजिकैबाट जहाँ चौबिसौं घण्टा प्रहरी खटिएको हुन्छ, त्यहाँबाट चोरी हुनु शंकास्पद छ ।

गत बैशाख २३ मा गौशालामा सञ्चालित सोमनाथ ईम्पोरियममा नक्कली साँचो प्रयोग गरेर झण्डै ३ लाख नगद र १ लाख मुल्य बराबरको लत्ताकपडा चोरी भयो । नक्कली साँचोको प्रयोग गरेर घण्टौं सम्म चोरहरुले चोरी गर्दा समेत प्रहरीले सुईको पाएनन् ।

यस्तै भदौमा दिउँसै गौशाला बजारबाट विजय कुमार महतोले भर्खरै केही दिन अघि किनेको २२० सिसिको पल्सर मोटरसाईकल चोरी भयो । खोजतलासमा प्रहरीले खासै चासो नदेखाएको तथा भेटे सम्पर्क गर्ने ईलाका प्रहरी कार्यालय रवैया देखेर विजयले मोटरसाईकल भेटुने आश गुमाईसके ।

गत भदौ १४ गते प्रदेश २ ०२००३ प ९९७० नम्बरको पल्सर एनएस मोटरसाईकल गौशालाको मरहा पूलबाट दिउँसै खोसेर लगियो । त्यसको केही दिनमा सवारी धनी अमन पासमानले खोजतलास गरी नेपाल भारत सिमा सम्सी कन्हमा बोर्डरबाट खोजतलास गरी ल्याए । मानिस समेत पहिचान भयो । तर ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक मनोज यादवले मुद्दा दर्ता गर्न मानेन् । प्रहरीको भनाईलाई उद्दृत गर्दै अमनले भने, ‘प्रहरीले मलाई बोलाएर उल्टै केरकार ग¥यो । अभियुक्तको पहिचान हुँदा समेत मुद्दा दर्ता गर्न प्रहरी निरिक्षक मनोज यदवले आनाकानी ग¥यो । मलाई तीन÷चार दिन बोलाएर हैरानी मात्र दिए तर मोटरसाईकल खोज्न सहयोग गरेन् ।’

ईलाका प्रहरी कार्यालयका गौशालाका प्रहरी प्रमुख मनोज यादवले प्रत्यक्ष रुपमा सहयोग गर्ने धेरै कुरा भएपनि सिसिटिभि नभएका कारण अनुसन्धान प्रभावित भएको जनाए । उनले भने, ‘प्रत्यक्ष रुपमा सिसिटिभीको निगरानी भैदिएन । नगरपालिकाले सिसिटिभि लगाईदिएपनि काम गर्ने अवस्थामा एउटा पनि छैन् । जस्ले अनुसन्धानमा प्रभावित बनाउँदै आएको छ । नगरपालिकाको मेयर डा. दिपेन्द्र महतो समक्ष गुनासो गरेपनि वास्ता नगरेको झै छ ।’

गौशाला नगरपालिकाका उपमेयर रेणु कुमारी महतोले आर्थिक वर्ष २०७८÷०७९ मा १९ लाख ३६ हजार रुपैयाँ खर्चको अनुसन्धान हुनुपर्ने माग गरे । उनले भने, ‘नगरपालिकाको बजट खर्च विवरण झण्डै २० लाख रुपैयाँ खर्च भएको छ, तर सिसिटिभि शुन्यताको अवस्थामा रहनु दुःखद हो ।’

गौशालामा किनमेलका लागि जाँदा होस् वा सवारीको क्रममा होस् अथवा पार्किङ्गको लागि राखिएको सवारी साधन समेत हराउने क्रम बढ्दो छ । विशेषगरी बजाज कम्पनीका पल्सर तथा १५० सिसि र सो माथिका महङ्गा मोटरसाइकल धेरै मात्रामा हराएको उजुरी पर्ने गरेको ईलाका प्रहरी कार्यालयको तथ्याङ्क छ । ईलाकामा मोटरसाइकल हराएको उजुरी परेको आधारमा भेटिएको मोटरसाइकल अत्यन्तै ज्यादै न्यून छ । मोटरसाइकलको सुरक्षा संयन्त्र निकै कमजोर भएको हुँदा जोकोहीले पनि सजिलै चोर्न सक्ने प्रहरीको भनाइ छ । जिल्लामा सिसीटिभी क्यामेराको सञ्जाल नहुँदा समेत चोरीमा संलग्न हुने व्यक्तिलाई पक्राउ गर्न असमर्थ हुने गरेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रमुख प्रकाश मल्लले बताए ।

तस्करी गराउन प्रहरी

भारतबाट संघीय राजधानी काठमाण्डौंसंग जोड्ने छोटो दुरीको सडक मार्ग गौशाला–सम्सी सडक खण्डमा तस्करको जालो लामो छ । नेपाल भारतको सिमानाका सम्सी बोर्डर हुँदै काठमाण्डौं मालसमान पु¥याउने गरेको पाईएको छ । तस्करीको मुख्य पाटो गौशाला–सम्सी सडक खण्ड भएकोले प्रहरीकै मिलोमत्तोमा तस्करहरु लत्ताकपडा देखि लागू औषधि समेत ओसार–पोसार गराईरहेको छ । जसमा ईलाका प्रहरी कार्यालय गौशालाको प्रमुख संलग्नता छ ।

भन्सार छलेर हरेक दिनजसो गौशाला, बर्दिबास, सिन्धुली लगायतका क्षेत्रमा लागू औषध भित्रिरहेको छ । सम्सी नाका देखि ईलाका प्रहरी कार्यालय गौशाला क्षेत्र सम्ममा ५ स्थानमा चेकजाँच भएपनि प्रहरीले महिनाबारीको रुपमा रकम बुझदा गुटखा, पान, मसाला, रजनीगन्धा, तेल, चिनी लगायत उपभोग्य वस्तुहरुको समेत प्रहरीलाई महिनाबारी बुझाउने गरेको लुकेको छैन् ।
महोत्तरी औरही नगरपालिका बैरियाका सोनफि यादवले प्रहरीले महिनावारी नबुझाउनेलाई पक्रने र बुझाउनेलाई छुट दिएको बताए । उनले भने, भारतबाट रात्रिकालिन समयमा विभिन्न सामाग्रीहरुको तस्करी हुने गरेको छ । पुरानोबाट महिनाबारी उठाउने र उपभोक्ताको अलिकति समान भएपनि खोसेर बहादुरी देखाउने गरेको छ ।’

२०८० आश्विन २६, शुक्रबार ०९:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय