
ममता अर्याल.
बर्दिबास, ७ फागुन । राष्टिय प्रजातन्त्र दिवस-२०८० का अवसरमा महाेत्तरीकाे बर्दिबास-३ गाैरीडाँडास्थित जनता माध्यमिक विद्यालयमा हाजिर जवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ । नेपाल रेडक्रस साेसाइटी बर्दिबास उपशाखाकाे आयोजनामा प्रतियाेगिता सम्पन्न भएकाे हाे ।
विद्यालयका माध्यमिक तहका छात्रछात्राका पाँच समूहबीच प्रतियाेगिता गराइएकाे हाे । धाैलागिरी, कञ्चनजङ्घा, अन्नपूर्ण, सगरमाथा र मकालु समूहबीच प्रतियाेगिता सम्पन्न भएकाे छ । जसमा धाैलागिरी, कञ्चनजङ्घा र अन्नपूर्ण समूह क्रमशः प्रथम, द्वितीय र त्रितीय भएका छन् ।
प्रतियाेगितामा उत्कृष्ट समूहलाई रेडक्रस बर्दिबास शाखाका सभापति रेवन्त कार्की, विद्यालयका प्रधानाध्यापक रामसकल महताे, रेडक्रस महाेत्तरी सदस्य मुकुन्द पाैडेल,बर्दिबास नगर पत्रकार सञ्जालका अध्यक्ष गाेपाल बराल, बर्दिबास हेल्प फाउण्डेशनका सिर्जना भट्टराई, विष्णु थापा, शिक्षक नेत्र रम्तेल, सामाजिक कार्यकर्ता सविना पाैडेल र शिक्षक दीक्षा काफ्लेसहितले सम्मान गर्दै प्रमाणपत्र र मेडल प्रदान गर्नुभयाे ।
प्रतियाेगितामा ५५ प्रश्न साेधिएकाे थियाे ।
प्रतियाेगिता सम्पन्न भएलगत्तै आयोजित विद्यालय स्तरीय जुनियर रेडक्रस भेलाले ११ कक्षाकी छात्रा ममता खड्काकाे अध्यक्षतामा ११ सदस्यीय जुनियर रेडक्रस सर्कल गठन गरिएकाे छ । यस सर्कलकाे संरक्षक विद्यालयका प्रधानाध्यापक रामसकल महताे रहनु भएकाे छ ।