
नेपालवाणी नेटवर्क
जनकपुरधाम, जेष्ठ ।
कृषिमा उन्नत जातको भैंसी पालन तथा आहार विहार र दुध बढाउन हेतु भंगहा नगरपालिकाको आयोजना तथा द हेल्पिङ्ग ह्याण्डस, धनुषा जनकपुरधामको समन्वयन/सहकार्यमा भैसी तालिम सम्पन्न भएको छ ।
उन्नत जातको भैसी पालन तथा आहार विहारबाट दुध उत्पादन बढाउन र हेरचाहको नियम, प्रक्रियाहरुबाट आर्थिक आयमा टेवा पु¥याउन कृषि अन्तर्गत भैसी तालिम सम्पन्न भएको हो ।
भंगहा नगरपालिकाको विभिन्न वडाहरुका किसानहरु जो गाई, भैंसी पालनमा वर्षौदेखि लागि आफ्नो पेशाको रुपमा व्यवसायमा लागेका किसानलाई मध्यनजर गरी कृषि तालिम सञ्चालन गरिएको हो ।
महोत्तरीको भंगहा नगरपालिका वडा नं. १ र २ मा कृषि तालिम अन्तर्गत भैसी पालन तालिममा विभिन्न वडाका एक सय तीन जनाको सहभागिता रहेको वडाध्यक्ष लक्ष्मी नारायण साहले जानकारी दिए ।
भंगहा नगरपालिकाको वडा नं. १ मा गत जेष्ठ ८ गते देखि १० गते सम्म ५० जना कृषक र वडा नं. २ मा १३ गते देखि १५ गते सम्म ५३ जना महिला कृषकहरुलाई भैसी तालिम प्रदान गरिएको अर्का वडाध्यक्ष ईन्द्रशेखर पजियारले जानकारी दिए ।
कृषि तालिम अन्तर्गत भैसी पालन तालिममा प्रमुख प्रशासकीय अधिकृत विजय कुमार यादव, वडा सदस्यहरु जोगेन्द्र यादव, ठकेश्वर प्रसाद सिंह त्यस्तै कलाम हुसेन, अलाउदिन अन्सारी सहितका व्यक्तिहरु उपस्थित रहेका थिए ।
भैंसी पालन तालिमको सहजीकरण प्रशिक्षण वरिष्ठ पशु चिकित्सक डा. मुकेश नायक र डा. अमर कुमार महतोले गरेको आयोजक संस्था द हेल्पिङ्ग ह्याण्डस्का अध्यक्ष ममता कुमारी महतोले नेपालवाणी नेटवर्कलाई जानकारी दिईन् ।