
महाेत्तरी : प्रसिद्ध साहित्यकार डा. राजेन्द्रप्रसाद विमलले आज शनिबार बर्दिबासमा भजन लाेकार्पण गर्नुभएकाे छ । बर्दिबास-१ कै बासिन्दा कविता दाहालकाे शब्द रचना, सन्ताेस शिखरकाे सङ्गीत र भारतीय गायिका अनुराधा पाैडवालकाे स्वर रहेकाे ‘के छ यहाँ मेराे भन्नु , जाे तिमीलाई अर्पण गरु’ बाेलकाे भजन सङ्ग्रहित भजन म्युजिक भिडियाे लाेकार्पण गर्नुभएकाे हाे ।
स्वस्थ्य जीवनका लागि स्वस्थ्य भान्साघर अभियानकी अभियन्ता दाहाल रचित भजनले पराेपकार र मानवीय सेवामा लाग्न प्रेरित गरेकाे डा. विमलले बताउनुभयाे ।
प्रसिद्ध सङ्गीतकार सन्ताेस शिखरकाे सङ्गीत र प्रसिद्ध गायिका पाैडवालकाे स्वर पाएकाे भजनले तेराेमेराे भन्ने झगडा व्यर्थ रहेकाे सन्देस प्रवाहित गर्ने डा. विमलकाे अपेक्षा छ ।
कार्यक्रममा साहित्यकार बिपीराज दाहाल, प्रेम घिमिरे र रामचन्द्र पाैडेलसहितले भजनबारे टिप्पणी गर्दै रचनाकार दाहालकाे साहित्य साधना अझ झ्याङ्गदै जाने विश्वास व्यक्त गर्नुभयाे ।
बर्दिबास साहित्यिक साँसणकृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पाैडेलकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।
रचनाकार दाहाल साहित्य साधकसँगै भान्सा सुधार अभियानकी अध्यक्ष पनि हुनुहुन्छ । दाहालका आमा र भान्साघर कृति प्रकाशाेन्मुख रहेकाे छ ।