२१ मङ्सिर,
महोत्तरी : भारतको अयोध्याबाट आउनु भएका राजानकी विवाह महोत्सवका जन्तीले नेपाल भारतबीच जनस्तरका सम्बन्धले प्रगाढ बनेको मित्रतालाई विकास अवसर र जनताको उन्नतिसम्म जोड्नु पर्ने बताउनु भएको छ । महोत्सवमा सरिक हुन गत सोमबार महोत्तरीको मटिहानीबाट नेपाल प्रवेश गर्नुभएका भारतीय अतिथिले दुबै देशबीचका सम्बन्ध जनमनबाट +भएका उल्लेख गर्दै यो सम्बन्धले विकास अवसरलाई फराकिलो बनाउन पर्ने बताउनु भएको हो । महोत्तरीका मटिहानी, जलेश्वर र पिपरामा स्वागत सम्मान ग्रहण गर्दै मङ्गलबार जनकपुर पुग्नुभएका जन्ती अहिले जानकी मन्दिरको आतिथ्यतामा हुनुहुन्छ ।

“हम आप के स्नेह से बधे हुए हैं, प्रेमका यह बन्धन अटुट है, सदियों से चलता आरहा है” (हामी तपाईँहरुको स्नेहले बाधिएका छौं, प्रेमको यो सम्बन्ध अटुट छ, जुन सताप्दियांैदेखि चल्दै आएको छ ।) विश्व हिन्दू परिषदका केन्द्रीय मन्त्री राजेन्द्र सिंह पङ्कजले मटिहानी नगरबासीको स्वागत ग्रहण गर्दै भन्नुभयो, “ए कोई सरकारी हस्ताक्षर से नहीं, जनता के दिलो से बने सम्बन्ध हैं, अब यह सम्बन्धको आधुनिक विकासके अवसर में पहुँचाना पडेगा” (यो कुनै सरकारका प्रतिनिधिबीचको हस्ताक्षरले होइन, जनताका हृदयबाट बनेको सम्बन्ध हो, अब यो सम्बन्धलाई आधुनिक विकासको चरणसम्म पुर्‍याउन पर्छ ।) जनमनबाट स्थापित सम्बन्धले प्रगाढ बनाएको साँस्कृतिक सम्बन्धलाई अझ मजवूत बनाउन पर्ने उहाँको भनाइ छ । जन्तीमा पङकजका अतिरिक्त अयोध्यास्थित श्रीराम जन्मभूमि क्षेत्र ट्रष्टका महासचिब चम्पत राय र अयोध्या नगर निगमका प्रमुख गिरिशपति त्रिपाठीसहितका उच्च पदस्थ व्यक्तित्वसमेत ५०० जनाको सहभागिता छ ।

नेपाल भारतबीचको सदियौंदेखिको नातासम्बन्धको रक्तीय सम्बन्ध र आपसी साँस्कृतिक आदानप्रदान विश्वमै अद्वितीय रहेको अयोध्याकै सन्त सन्तोस दास वैष्णवको धारणा छ । “हम सदियों से रक्तीय सम्बन्ध से जुड्ते आए हैं, हमारी समान साँस्कृतिक परम्पराए हैं, वह हमे प्रेम के डोरी से बँधे रखते है” (हामीबीच सदियौंदेखि रक्तीय सम्बन्ध स्थापित छन् , हाम्रा कैयौं समान संस्कृति परम्परा छन् , यिनले सधैं हामीलाई बलियो प्रेमको डोरीले बाँधी राखेका छन् ।) वैष्णव भन्नुहुन्छ, “जो आप नें हमें स्वागत सम्मान दिया है, ए हमारी पुराने सम्बन्धों का निरन्तरता है” (अहिले जो तपाईँहरुले स्वागत सम्मान दिनु भएको छ, यो हामीबीचको पुरानो सम्बन्धको निरन्तरता हो ।) ।

bidai_janati_nepalvni

आपूmहरुप्रति नेपालीले दर्शाएका प्रेम र अपनत्व बिर्सन नसकिने रहेको सबैजसो जन्तीको प्रतिकृया छ । नेपालीको स्नेह, सद्भाव र अहोभावको स्वागतले अर्को देश आएका छौं भन्ने नपरेको भारतीय अतिथि बताउनुहुन्छ ।

“लगता नहीं जो दुसरे देश में है, सब जानेमाने जैसे है, कई सालो से सम्बन्धमे जुडे जैसे” (लाग्दैन, कुनै अन्य देशमा छौं, सब कैयौ वर्षदेखि सम्बन्धमा जोडिएर रहेको जस्तो महसुस छ) जन्तीमा सहभागी साध्वी मनोरमा भन्नुहुन्छ, “हम वृन्दावन से हैं, बारात में पहलीबार अभी आई हुँ, लेकिन ए लगता नहीं जो पहलीबार आई हुँ । प्रेम जो मिल रहा है , सचमुच नेपाली विशाल हृदय के हैं” (म वृन्दावनकी हुँ, जन्ती भएर पहिलो पटक आएकी हुँ , तर म पहिलो पटक यहाँ आएकी हुँ भन्ने लागेन, प्रेम जो पाइरहेका छौं, साँच्चै नेपाली विशाल हृदयका छन् )। नेपाल प्रवेश गरेलगत्तै मटिहानी, जलेश्वर, पिपरा र अहिले जनकपुरमा पाएको स्नेहले अत्यन्त भावुक बनाएको उहाँ बताउनुहुन्छ ।

नेपाल भारतबीचको यो जनमनको सम्बन्ध आपसी प्रेम र विश्वासले बनेको भारतीय अतिथिहरुको बुझाइ छ । यो सम्बन्धको जग श्रीराम जानकीको विवाह रहेको भारतीय अतिथि बताउनुहुन्छ । यद्यपि अब महोत्सवसम्बन्धलाई खास उत्सवसँगमात्र नभइ विकास र जनताको उन्नतिसँग जोडिन पर्ने उहाँहरु सबैको धारणा छ ।

“हम अच्छे सम्बन्ध में हैं , और इसे प्रगाढ रखना है, इसके लिए हमें दोनो देशों के बीच राज्यस्तर पर भी विकास सम्भावनाओं पर खुली बातचित होनी चाहिए” (हामी राम्रो सम्बन्धमा छौं, र यसलाई अझ प्रगाढ बनाइ राख्नु छ, यसका लागि दुबै देशका सरकारबीच विकास सम्भावनाबारे खुलाखुलस्त कुराकानी भइरहनु पर्छ) विश्व हिन्दू परिषदका मन्त्री पङ्कज भन्नुहुन्छ, “दोनो देशों के सम्बद्ध अधिकारी इसपर विमर्श करते रहें” (दुबै देशका सम्बद्ध अधिकारीहरु यसबारे विमर्श गरीरहनोस् )।

मटिहानी प्रवेशसँगै नगरप्रमुख हरिप्रसाद मण्डलसहितका नगरबासीको आत्मीय स्वागतले गद्गद बनाएको जन्तीमा सहभागी अतिथि बताउनुहुन्छ । यसैगरी जलेश्वर, पिपरा र जनकपुरमा पाएको वास्ता, स्नेह र सम्मानले नेपाली अत्यन्त असल र सहृदयी रहेका अनुभव बटुलिएको अयोध्याका सन्त रामशरण दास वैष्णव बताउनुहुन्छ ।

मङ्गलबार जनकपुर पुगेलगत्तै महोत्सवको धनुषयज्ञमा अतिथिहरु सहभागी हुनुभयो । यसैगरी बुधबार साँझ तिलकोत्सवमा सहभागी हुनुभएका भारतीय अतिथिलाई मधेश प्रदेश सरकारले हिजो बिहीबार प्रदेशको मुख्य प्रशासकीय केन्द्र मधेश भवनमै सम्मान गरेको छ । जन्तीमा आउनुभएका ५०० बढी अतिथिहरुको दीवा भोजन मधेश भवनमा गराइएको हो ।

सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको अवसरमा बिहीबार राति झिलिमिली जानकी मन्दिर ।

सप्ताहव्यापी महोत्सवको पाँचौ दिन बिहीबार जानकी मन्दिर परिसरको विवाहमण्डपमा मैथिल परम्पराअनुसारको विवाहको यज्ञवेदी निर्माण र कूलदेवता पूजनको ‘मटकोर’ विधि सम्पन्न गरिएको छ । अब आज शुक्रबार छैठौं दिन रङ्गभूमि मैदानमा स्वयम्वर र राती जानकी मन्दिरको भव्य विवाहमण्डपमा शुभविवाह समारोह सम्पन्न गरिनेछन् । भोलि शनिबार रामकलेका विधिबीच जन्ती विदाइ गरिएपछि यसवर्षको सप्ताहव्यापि महोत्सव सम्पन्न हुनेछ । यसअघि गत आइतबार सुरु भएको महोत्सवमा पहिलो दिन ‘जनकपुर नगर दर्शन’ र दोस्रो दिन सोमबार ‘पूmलबारी लीला’ सम्पन्न भएको थियो ।

२०८१ मंसिर २१, शुक्रबार १३:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय