नेपालवाणी नेटवर्क
जनकपुरधाम, माघ ।
मधेश प्रदेशसभाको वार्षिकोत्सवको अवसरमा जानकी मन्दिर सरसफाई गरिएको छ । विश्वप्रसिद्ध जानकी मन्दिरको चारैकुना प्राङ्गण तथा वरिपरि मधेश प्रदेशसभाको ७ औं वार्षिकोत्सवको अवसरमा सरसफाई गरिएको हो ।
संघीयताको जननी मधेश प्रदेशसभाले आफ्नो वार्षिकोत्सव हरेक वर्ष भव्यताका साथ मनाउँदै आएको छ । यस वर्ष वार्षिकोत्सवको अवसरमा व्याडमिन्टन, भलिवल, चेस, टेनिस, म्युजिकल चेयर, क्यारमबोर्ड तथा लुडो प्रतियमेगिताको आयोजना गरिएको छ ।
यसैगरी मधेश प्रदेश सरकारको रक्तसञ्चार केन्द्रसंगको समन्वयन सहकार्यमा रक्तदान कार्यक्रम, मानवीय सहायतामा गरिबी तथा निमुखालाई जाडोबाट बच्न आवश्यक सामग्री उपलब्ध गराउने कार्यक्रम रहेको प्रदेशसभाका सचिव वासु कोईरालाले जानकारी दिए । उनले भने, ‘हरेक वर्ष झैं यस वर्षपनि वार्षिकोत्सव भव्यताका साथ मनाउने निर्णय अनुसार सप्ताहव्यापी कार्यक्रमका साथ मनाईदैछ ।’
साथै वार्षिकोत्सवको अवसरमा जनकपुरधामको विभिन्न स्थानहरुमा सरसफाई र वृक्षारोपन कार्यक्रम समेत गरिने भएको सभामुख रामचन्द्र मण्डलको स्वकीय सचिव धिरेन्द्र कुमार मण्डलले नेपालावाणीलाई जानकारी दिए ।
सरसफाईमा मधेश प्रदेशसभाका सभाुमख रामचन्द्र मण्डल, नेकपा माओवादीका प्रमुख सचेतक फकिरा मण्डल, जनता समाजवादी पार्टी नेपालका उपनेता रामअशिष यादव, नेकपा समाजवादीका प्रदेशसभा सदस्य रत्नेश्वर गोईत, नेपाली काँग्रेसका सचेतक कँमरकान्त झा, जनमत पार्टीका संजय यादव सहित मधेश प्रदेशसभाका कर्मचारी लगायतको उपस्थिति थियो ।
(मधेश प्रदेशसभाको ७ औं वार्षिकोत्सवको अवसरमा आयोजित सरसफाई कार्यक्रमको केही तस्बिरहरु ः मधेश प्रदेशसभा सचिवालय)