भद्रपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनिनसकेको बताएका छन् ।

काठमाडौंबाट झापाका चुनावी कार्यक्रमका लागि आइतबार आउने क्रममा अध्यक्ष ओलीले पार्टी चुनावको तयारीमा लागि रहेको बताए ।

उनले भद्रपुर विमानस्थलमा पत्रकारसँग बोल्दै अझै पनि ढुक्कको वातावरण बनिनसकेको जनाएका हुन्। यसबारे अन्तरिम सरकारले धेरै कुरा जान्नु पर्नेसमेत उनले बताएका छन्।

यसअघि अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ का कमल, गौरादह तथा गौरीगञ्जका विभिन्न टोलमा पुगेर मतदाताहरुसँग भेट गरेका थिए।

यस पटक अध्यक्ष ओलीको भेटघाट दमकमा केन्द्रित हुने छ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री ओली २०४८ सालको निर्वाचनदेखि नै यही भूगोलबाट निर्वाचित हुँदै आएका छन् ।


२०८२ फाल्गुन ३, आईतवार १३:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय