
एजेन्सी : बलिउड अभिनेत्री प्रियंका चोपडाले न्यूयोर्कमा खोलेको रेष्टुरेन्ट शनिबारदेखि संचालनमा आएको छ । इन्स्टाग्राममा रेष्टुरेन्टका तस्विर सेयर गर्दै प्रियंकाले संचालनमा आएको जानकारी दिएकी हुन् ।
उनले रेष्टुरेन्टको नाम सोना राखिदिएकोमा गायक पति निक जोनसलाई धन्यवाद पनि दिएकी छिन् । अहिले लन्डनमा रहेकी प्रियंकाले रेष्टुरेन्टको शुभारम्भमा न्यूयोर्कमा उपस्थित हुन नपाउँदा दुःखित भएको बताएकी छिन् ।