
काठमाडौँ : भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार ९४७ जनामा संक्रमण भएको छ । यसअघि (सोमबार) वैशाख ६ मा भारतमा अहिलेसम्मकै धेरै २ लाख ७५ हजार ३०६ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ५३ लाख १४ हजार ७१४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ३१ लाख ३ हजार २२० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २० लाख ३० हजार ९४४ छ ।
यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८० हजार ५५५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १७५७ जनाको मृत्यु भएको छ ।