सर्लाही : एक साताअघि सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ईश्वरपुर नगरपालिका–१२ घारीबथानका ५८ वर्षीय शियाशरण रायलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय शिवजी साहलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मदन कुँवरका अनुसार वैशाख २० गते घर साहले अगाडिको आँपको बगैंचामा बसिरहेका रायको शरीरमा पेट्रोल छर्की आगो लगाएका थिए ।

शरीरको अधिकांश भाग चलेर गम्भीर घाइते भएका रायलाई तत्कालै उपचारको लागि धनुषाको लालगढ मोडल अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको कीर्तिपुर अस्पताल लगेर उपचार गराउने क्रममा रायको वैशाख २१ गते मृत्यु भएको थियो ।

घटनापछि फरार भएका साहलाई मलंगवा नगरपालिका–५ भाडसरस्थित नेपाल भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको प्रवक्ता कुँवरले बताए ।

२०७८ बैशाख २७, सोमबार ११:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय