वीरगञ्ज : पर्साको वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ ।

प्रहरीका अनुसार निषेधाज्ञा उल्लंघन गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१० घर भएका साहेब शेख, पोखरियाका हनिफ हुसेन, विन्दवासिनीका भोलाप्रसाद साह, वीरगञ्जका मोहम्मद असरफ राइन र भारतीय नागरिक मुन्ना साहलाई पक्राउ गरि मुद्धा चलाईएको हो ।

उनीहरुमाथि निषेधाज्ञा उल्लंघन र प्रहरीको काम कारवाहीमा अवरोध गरेको आरोप छ । आरोपितविरुद्ध सार्वजनिक हित विरुद्धको अपराध र संक्रामक रोग ऐन–२०२० अनुसारको कसुरमा म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्सा जिल्लामा जेठ ६ सम्म लागू हुनेगरी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका छन् ।

२०७८ बैशाख ३१, शुक्रबार १६:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय