सिरहा : सिरहाको विभिन्न नकामा आफु सशस्त्र प्रहरीको घुमुवा हु भन्नेलाई प्रहरीले पक्राउ गरेका छन ।

सिरहा जिल्लास्थित नेपाल भारत बोर्डर (सीमा) मा अवैद्य असुली गर्ने एक पूर्व सशस्त्र प्रहरीलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहालको नेतृत्वमा खटि गएको टोलीले नेपाल भारत बोर्डरमा सर्वसाधारण सहित व्यापारीहरुसँग अवैद्य रुपमा रकम असुली गरेको आरोपमा पूर्व सशस्त्र प्रहरीका अर्जुन यादवलाई पक्राउ गरिएको हो ।

सिरहासँग रहेको नेपाल भारतको सीमामा आफू सशस्त्र प्रहरीको घुमुवा प्रहरी हो भन्दै यादवले स्थानीय व्यापारी र सर्वसाधारणहरुसँग पनि अवैद्य असुली गरिरहेको पाइएको लहानका डिएसपी दाहालले बताए । उनलाई शुक्रबार राती नै पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानमा राखिएको बताइएको छ ।

उनलाई लहान नगरपालिका वडा नम्बर २० बरमाहनस्थितबाट पक्राउ गरिएको हो । नेपाल भारतको बोर्डर जानेबाटोबाट उनलाई पक्राउ गरिएको हो । असुलीकै कारण विभिन्न समयमा विभागीय कारवाहीमा परेका यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । जानकारी अनुसार, यादव गत वर्ष नै सशस्त्र प्रहरीबाट विभागीय कारवाहीमा पटक पटक परेपछि राजीनामा दिएको हो ।

यादव प्रहरी जागिरबाट राजीनामा दिएर पनि आफू सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै व्यापारीहरुबाट असुली गरिरहेको थियो । सशस्त्र प्रहरीको नाम भँजाएर उनले असुली गरेको भन्दै उनलाई कारवाहीको तयारी गरिएको हो । जानकारी अनुसार, यादव साँझ र बिहान नेपाल भारतको सीमामा गएर असुली गर्दै आएका थिए ।

पहिले सशस्त्र प्रहरीमा बोर्डरमै रहेका यादवलाई तस्कर हरुसँगको साँठगाँठ बढी भएको र सोही अनुरुप प्रहरीको नाम भँजाएर खादै आएका थिए । इलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहालका अनुसार, पक्राउ परेका यादव अझै पनि आफू प्रहरी नै रहेको दाबी गर्दै आएका छन् । उनी उपर थप अनुसन्धान अगाडी बढाइएको जनाइएको छ ।

२०७८ जेष्ठ ९, आईतवार ०८:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय