File: Photo

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १३ हजार ८०५ जनाको पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७९२ जना गरी कुल ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ७ हजार २१९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

निको हुने दर ८०.८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । हाल नेपमाल सक्रिय संक्रिमतको संख्या १ लाख १ हजार ९९३ रहेको मन्त्रालयले जनाएको छ । file photo

२०७८ जेष्ठ १९, बुधबार १७:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय