
एजेन्सी : भारतको महाराष्ट्र राज्यको पुणेस्थित एउटा केमिकल कारखानामा आगलागी हुँदा कम्तीमा १८ मजदुरको मृत्यु भएको छ ।
३७ मजदुर कार्यरत रहँदा सोमबार बेलुकी भएको आगलागीमा अझै केही बेपत्ता छन् ।
हराएका मजदुरहरुको खोजी भइरहेको भारतको फायर ब्रिगेड विभागलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
मोदीले घटनामा मृत्यु भएकाका परिवारलाई २ लाख तथा घाइतेका परिवारलाई ५० हजारका दरले राहत दिने घोषणा गरेका छन् ।