जापान प्रतिनिधी : जापानमा भलिवल प्रतियोगिता आयोजनाबाट बचत रकम धुर्मुस – सुन्तली फाउण्डेशन लागि जेठ २७ गते हस्तान्तरण गरिएको छ। जापानको नागोया शहरमा गत महिना उक्त सहयोग रकम जुटाउन भलिवल प्रतियोगिता आयोजना गरिएको थियो। उक्त प्रतियोगिताको आयोजना गल्कोट समाज क्षेत्रिय समिति नागोयाले गरेको थियो।

धुर्मुस– सुन्तली फाउण्डेशन द्वारा चितवनको रामपुरमा र्निमाणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि खेलको माध्यमबाट सानो रकम भए पनि सहयोग गर्न पाएकोमा ज्यादै खुशी लागेको गल्कोट समाज क्षेत्रिय समितिका अध्यक्ष रामुकाजी थापाले बताए।

उक्त सहयोग रकम गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला र्निमाणस्थलमानै पुगेर हस्तान्त्रण गरिएको थियो। र्निमाणस्थलमा ५ लाख रुपयाँ नगद सहित हस्तान्तरण गर्न गल्कोट समाज , जापानका कोषाध्यक्ष डिलाराम गैंरे पुगेका थिए। साथमा गल्कोट समाज, जापानका कार्यसमिति सदस्यहरु चितराम गैंरे, डिलाराम निउरे लगाएको उपस्थिति थियो।

सहयोग रकम धुर्मुस – सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ( धुर्मुस ) लाई हस्तान्त्रण गरिएको थियो । गल्कोट समाज , जापानलाई धन्यवाद दिदैं सिताराम कट्टेलले तमाम सहयोगी मनहरुबाट सहयोग रकम आईरहेको र प्रतिबद्धता गरिएको सहयोग आउने विश्वास व्यक्त गरे। कोभिटको कारण रंगशाला र्निमाणमा केहि समस्या आएपनि सबैको सहयोगबाट निर्माणकार्य सम्पन्न हुने धुर्मुसले बताए।

आउदा वर्षहरुमा पनि यस्ता प्रतियोगिता अझ वृहत तरिकाबाट आयोजना गरिने खेल संयोजक मनोज केसीले बताए।प्रतियोगितामा गल्कोट स्पोर्ट क्लव, टोक्यो प्रथम, गुम्वाकेन गाईज दोश्रो र गल्कोट समाज जापानले तेश्रो स्थान प्राप्त गरेका थिए।

गल्कोट समाज, जापान सामाजिक कार्यमा अग्रपंतिमा रहेको छ। पछिल्लो समय समाजले कोभिट संक्रमणमा नेपालमा सहयोग पठाउन जुटिरहेको गल्कोट समाज, जापानका अध्यक्ष यम खत्रीले बताए। उक्त अभियान अन्तिम चरणमा पुगेको गल्कोट समाज जापान का युवा संयोजक युराज गौतमको भनाई छ।

सामाजिक सञ्जाल मार्फत अभिमान सञ्चालन गरिरहेका गल्कोट समाज, जापानका केन्द्रीय सदस्य कृष्ण गौतम र मनोज मल्लले कोभिटको यो महामारीमा जापानवासी सबैलाई यथासक्दो सहयोग गर्न अनुरोध गरेका छन्।

२०७८ जेष्ठ २८, शुक्रबार ११:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय