
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९५१ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ । निको हुने दर ९०.२ प्रतिश रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै १६ हजार ९१३ वटा नमूना परीक्षण गराउँदा ४ हजार ५२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा परीक्षण गराएका १२ हजार २०४ नमूनाको पीसीआर र ४ हजार ५०९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा सो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। File photo