काठमाडौँ : नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले थप ६ जिल्लाका ९ निर्वाचन क्षेत्रका नयाँ र नविकरण गरिएका क्रयाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । समितिको शनिबार बसेको बैठकले यी क्षेत्रका सदस्यताको नामावली सार्वजनिक गर्ने निर्णय गरेको समितिका सदस्य सचिव केशव रिजालले जानकारी दिए ।

सदस्य सचिव रिजालका अनुसार सप्तरीका चारै निर्वाचन क्षेत्र, भोजपुर, धनुषा-१, काभ्रे-१, रुकुम पश्चिम र प्युठानको नामावली वेबसाइटमा राखिएको हो ।

सार्वजनिक गरिएका उल्लिखित क्षेत्र र जिल्लाका नाममा उजुरी, गुनासा वा सुझाव भए समितिको नाममा रहेको पार्टीको आधिकारिक इमेल ठेगाना पठाउन असार १७ गतेसम्मको समय समितिले दिएको छ ।

महाधिवेशन नजिकिँदै गर्दा क्रियाशील सदस्यबारे कांग्रेसमा विवाद बढिरहेको छ । कांग्रेसमा सभापति देउवा इतरको पक्ष क्रियाशील सदस्यमा अनियमितता भएको भन्दै आक्रोसित भइरहेको छ ।

विवाद समाधान समितिले ५० जिल्लाको क्रियाशील सदस्यको टुंगो लगाइसकेको छ।

२०७८ असार १३, आईतवार १०:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय