जनकपुरधाम : गत जेष्ठ १६ गते भएको सामुहिक बलत्कारका घटना आरोपीलाई अदालतले कारागार चलान गरेको छ । जिल्ला अदालत धनुषाको ईजलाश नं. २ का न्यायधिश धु्रव प्रसाद वाँस्कोटाको एकल ईजलाशले धनुषाको धनुषाधाम नगरपालिका वडा नं. २ काशीपुरका २८ वर्षिय श्याम साहलाई पूर्पक्षका लागि सुनसरी स्थित झुमका कारगा चलान गरेको छ ।

अन्दाजी २५ वर्षिय महिलालाई डाँका हाली सरसामान लुटेर बलत्कार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय धनुषाधामले गत जेष्ठ १७ गते पक्राउ गरेको थियो । प्रहरीले अरोपितलाई अदालतमा पेश गरेकोमा अदालतले जरबजस्ती करणी र डाँका मुद्दाको थुनछेक बहसबाट थुनामा पठाउने आदेश गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक ले जनाएको छ । ईलाका प्रहरी कार्यालय धनुषाधाममा पिडितले दिएको उजूरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले मुद्दा दर्ता गरी कारवाही अगाडी बढाएको थियो ।

धनुषाधाम नगरपालिका स्थित घरमा सुतिरहेको अवस्थामा ०७८ जेष्ठ १६ गते राति आरोपितहरुले सामुहिक बलत्कार गरेको थियो । पिडितका अनुसार चिनजानका आरोपितहरुले घरको ढोका फोडेर घिसार्दै, लच्छारपछार गर्दै घर नजिकैको बारीमा लगेर बलत्कार गरेको थियो । अरोपितहरुले पिडितलाई नियन्त्रणमा लिई डर, धाक, धम्की देखाई अनुचित प्रभावमा पारी मुख थुनी, भाग्न उम्कन, रुन कराउन नदिई बलात्कार गरेको र कसैलाई भने ज्यान मार्ने डर, धाक दिएको उजूरीमा उल्लेख छ ।

२०७८ असार १५, मंगलवार १८:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय