
काठमाडौं : १० हजार ९८५ नमूना परीक्षणमा २७ सय ६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा परीक्षण गराएका १० हजार ९८५ नमूनामा २७ सय ६० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।
यस्तै पछिल्लो २४ घन्टामा ४ हजार १७ जनाले कोरोना जितेका छन्। यो सहित कोरोनाबाट मुक्त हुनेको संख्या ६ लाख १४९ पुगेको छ।
मन्त्रालयका अनुसार बिहीबार कोरोना संक्रमणबाट थप ३३ जनाले ज्यान गुमाएका छन्।
यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार १४५ पुगेको छ। बुधबार कोरोनाबाट ४१ जनाले ज्यान गुमाएका थिए।