काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ४९९ जनाको पीसीआर परीक्षणबाट १ हजार ७४५ र ४ हजार २८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८७७ जना गरी जम्मा २ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप २ हजार २११ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

२०७८ असार २१, सोमबार १८:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय