रौतहट : सार्वजनिक जग्गाको विषयलाई रौतहटको चन्द्रपुर नगरपालिका-८ बस्तिपुरमा झडप हुँदा १० जना घाइते भएका छन्।

झडपका क्रममा ६ वटा मोटरसाइकल र एउटा स्कुटरमा आगजनीसमेत गरिएको छ। बिहीबार राति १० बजेतिर १० वटा मोटरसाइकलमा गाउँबाहिरबाट आएका मानिस र बस्तिपुरबासीबीच सार्वजनिक जग्गाको विषयमा भएको भनाभन झडपमा परिणत भएको प्रहरीले जनाएको छ।

घाइतेहरुको चन्द्रपुरस्थित अस्पतालमा उपचार भैरहेको रौतहट प्रहरीले जनाएको छ। उनीहरूको प्रहरीले निगरानी गरिरहेको बताइएको छ।

स्थानीयका अनसार श्रीराम चौधरीले गाउँको १ बिगहा १८ कट्ठा सार्वजनिक जग्गा जालझेलपूर्वक आफ्नो नाममा गराएको थाहा पाएपछि गाउँलेहरुले सो जग्गा फिर्ता गर्न ताकेता गर्दै आएका थिए। सो विषयमा पटकपटक छलफलसमेत भइसकेको जनाइएको छ। तर चौधरीले जग्गा फिर्ता गर्न आनाकान िगदैृ आइरहेको बताइएको छ।।

सो जग्गाको विवादलाई लिएर गाउँले सबै एकातिर, चौधरी परिवार मात्र अर्कोतिर रहेको बुझिएको छ। गाउँलेहरुले चौधरी परिवारलाई नै बहिष्कार गरेको जनाइएको छ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको भनाइ छ।

२०७८ असार २५, शुक्रबार १२:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय