बिरगंज : २४७ किलो गाँ’जासहित वीरगञ्जबाट भारततर्फ जाँदै गरेको कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार दिउँसो सवा १२ बजेतिर वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ स्थित आइसीपीगेट नजिकबाट ट्रकसहित २४७ किलो गाँजा बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओम प्रकाश खनालका अनुसार सूचनाका आधारमा भारततर्फ जाँदै गरेको ट्रकलाई चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा बराद गरिएको हो ।

gaja_Nepalvani

प्रहरीले एचआर ५५ एम २२०९ नम्बरको कन्टेनर ट्रक नियन्त्रणमा लिएको हो । ट्रकलाई रोकेर चेक गर्न खोज्दा चालक फरार भएका थिए । पछि भित्र हेर्दा गाँजा फेला परेको हो ।

फरार भएका चालकको पहिचान गरिसकेको र खोजी भइरहेको डीएसपी खनालले बताए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

२०७८ असार २९, मंगलवार ११:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय