महोत्तरी : महोत्तरीको प्रकौली व्यारेकमा कार्यरत्त एक नेपाली सेनाका जवानले आफ्नै कनचटमा गोली हानेका छन् ।

बुधबार बिहान पौने ६ बजेको समयमा महोत्तरीको जलेश्वर नगरपालिका ९ स्थित रणभिम गण प्रकौली ब्यारेकमा कार्यरत्त २३ वर्षीय सैनिक जवान अमिर तामाङले आफैले बोकेको ५।५ मिनि ईन्सास हतियारले आफ्नै दाँया कन्चटमा गोलि प्रहार गरी आत्महत्या गरेका हुन् ।

स्थायी घर रामेछाप लिखु गाउँपालिका ५ भएका अमिरका बुबा सोमबहादुर सोहि ब्यारेकमा पेरीमिटर पोष्टमा कार्यरत रहेको बुझिएको छ ।

अमिर बुधबार बिहान ५।४५ बजेको समयमा हतियारले दायाँ कनचटमा गोली प्रहार गरेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरीको टोलि पुगेर घटनास्थलको अनुसन्धान गरिरहेको जनाएको छ ।घटना विषयमा थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए ।

२०७८ असार ३०, बुधबार २०:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय