जनकपुरधाम : धनुषा सिरहाको सिमा कमला नदीले बाँध निरिक्षणको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित सिंचाई मन्त्री पम्फा भुसाल धनुषा आउने भएकी छिन् । बिहिवार बिहानको एयरबसबाट जनकपुरधाम आई कमला नदीको बाँध कटान क्षेत्रमा निरिक्षण गर्न धनुषा आउन लागेका हुन् ।

नेकपा माओवादी केन्द्र स्थायी समिति सदस्य मातृक प्रसाद यादवको निर्वाचित क्षेत्र समेत रहेको कमला तटीय क्षेत्रको पूल सहित बाँध क्षेत्र निरिक्षणको लागि उनीहरु आउन लागेको जिल्ला सचिव दिपक यादवले जानकारी दिए । बाढीका कारण बाँध कटान गर्न थालेपछि धनुषाका पूर्वी क्षेत्रका गाउँहरु जोखिममा परेका छन् ।

बाढीले धनुषाको शहिदनगर नगरपालिका , कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका गाउँहरु डुबानमा पर्ने खतरा छ । बाढीको बहावले कमला नदीको बाँध कटान गरेपछि पूर्वमन्त्री यादवले तत्काल सिंचाई मन्त्री पम्फा भुसालको समन्वयनमा ५० लाख निकासा गराई बाँध बाध्ने काममा लागेका थिए । पूर्वमन्त्री यादवको पहलमा अर्थमन्त्री जनार्दन शर्मा र उर्जा जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

२०७८ श्रावण १३, बुधबार १८:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय