
जनकपुरधाम : राष्ट्रिय अपाङ्ग महासंघको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सेवामा पहुँच स्थापीत गर्ने लक्ष्य सहित अपाङ्गता पुर्नस्थापना प्लेटफर्म गठन भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको संरक्षण, अनुगमन र प्रबद्र्धनमा टेवा पुर्याउने पालिका स्तरीय निकाय अपाङ्ग समन्वयन समितिको नेतृत्वमा जनकपर उपमहानगरपालीकामा ११ सदस्यीय अपाङ्गता पुर्नस्थापना प्लेटफर्म गठन भएको छ ।
प्लेटफर्मले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सेवामा पहुँच पुर्याई स्थानीय तहमै पहुँचयुक्त र आवश्यकता बमोजिम स्वास्थ्य सेवा प्रदान गर्न वकालत गर्ने मुख्य उदेश्य राखिएको छ । कार्यक्रममा अपाङ्गता समन्वयन समितिका अध्यक्ष एवं जनकपुरधाम उप-महानगरपालिकाका उपमेयर रिता मिश्रले प्लेटफर्मले अपाङ्गता भएका व्यक्तिहरुको मुद्दा र सवालहरुलाई उठाउने प्रतिबद्धता जनाईन् । उनले अगामी दिनमा अपाङ्गता व्यक्तिहरुको सवालमा समाजिक, आर्थिक तथा न्यायिक पहुँचका लागि सबै पक्षबाट वकालत गर्ने प्रतिबद्धता जनाईन् ।
प्रादेशिक अस्पताल जनकपुरधाम डा. सन्तोष साहले समुहको गठनले अपाङ्गताका चूनौती, सवाल-जवाफको विषयमा छलफल गरी समस्या समाधानमा सहयोग पुग्ने बताए । उनले स्वास्थ्य सेवाको माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरुको घरदैलो सम्म सेवा पुर्याउन नेपाल सरकार सहित अन्य निकायका पदाधिकारीहरुसंग माग गरे ।
जनकपुरधाम उप-महानगरपालिकाका जनस्वास्थ्य अधिकृत विजय साहले अपाङ्गताको बजेट विनियोजन भएपनि अपाङ्ग सम्बन्धि पुनःस्थापनाका लागि थप बजेट परिचालनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
अपाङ्गता भएका व्यक्तिहरुको संरक्षण, अनुगमन र प्रबद्र्धनमा टेवा पुर्याउने उदेश्यका साथ पालिका स्तरीय अपाङ्ग समन्वयन समितिको संयोजकमा भरत ठाकुरको नेतृत्वमा ११ सदस्यीय अपाङ्गता पुर्नस्थापना प्लेटफर्म गठन भएको छ । प्लेटफर्मममा डा. सन्तोष साह, डा. रामकृष्ण साह, डा.विजय साह, उषा यादव, शत्रुधन लाल कणर्, जयप्रकाश ठाकुर, सुनिता कणर्, उपेन्द्र महतो, ज्योती साह र अजयलाल कणर् रहेका छन् ।