
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ९४६ जनाको पीसीआर परीक्षणमा २ हजार ३२१ र ४ हजार ४९२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५४ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १२६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९३.१ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।