
एजेन्सी : अफगानिस्तानको सत्तामा कब्जा जमाएको तालिवानले थप अफगान नागरिकलाई देश छोड्न नदिने भएको छ ।
तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरी काबुल बिमानस्थल जाने मार्ग बन्द गरिएको बताएका हुन ।
अमेरिकाले अफगान नागरिकलाई देश छोड्न दुरुत्साहन गरेको भन्दै तालिवान प्रवक्ताले त्यस्तो कार्य तत्काल बन्द गर्न पनि चेतावनी दिएका छन् ।
देशभित्र चिकित्सक र इन्जिनियरलगायतका दक्ष जनशक्तिको आवश्यक रहेकाले कुनै पनि नागरिकलाई अब देश छाड्न नदिने उनले बताए ।
त्यस क्रममा प्रवक्ता मुजाहिदले बिभिन्न पेशा र ब्यबसायमा आवद्ध अफगानी महिलाहरुलाई तत्काल कामका लागि घरबाट बाहिर ननिस्कन पनि निर्देशन दिए ।
महिलाहरुको सुरक्षा सुनिश्चत नभएसम्मका लागि भन्दै उनले घर बाहिर ननिस्कन निर्देशन दिएका हुन् ।