काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ८९२ जनाको पीसीआर परीक्षणमा १ हजार ९०२ र ४ हजार ३४१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३९३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८०८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

२०७८ भाद्र १४, सोमबार १७:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय