
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १६६४जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १२,२२२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा १५२३ र एन्टिजेनमा १४१ गरी १६६४ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसैगरी पछिल्लो २४ घण्टामा १७८६ जना संक्रमण मुक्त भएका छन् भने संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ। File Photo