
किसन साह,
सर्लाही : सर्लाहीको मलङ्वामा २२ किलो गाजा सहित एक जना पक्राउ ।
मलंगवा नगरपालिका वडा न-९ स्थित पोखरी बोर्डर एरियामा गस्ती गरिरहेका सशस्त्र प्रहरीको गस्ती टोलीले बिहान को समयमा सोही ठाउँ बस्ने २४ वर्षीय स्थानीय युवक ललित कुमार महतोलाई २२ किलो गाँजाको २ वटा पोका बनाएर टाउकोमा बोकेर भारत तर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको जनाइएको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाले २२ किलो अवैध गाँजा बरामद गरेको छ। आज(बुधबार) बिहान सीमामा सुरक्षा गस्तीमा खटेको टोलीले सो परिमाणमा गाँजा बरामद गरेको हो।
बरामद गरेको गाँजा सहित महतोलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाइएको छ।