
किसन साह,
सर्लाही : प्रहरीले भन्सार छली गरी ल्याएको दुई लाख बराबरको समान बरामद गरेको छ ।
सर्लाहीको विभिन्न सिमानाकाबाट सोमबार मोटरसाइकल र साइकलमा चिनीको बोरासहित किराना र कस्मेटिक मालसामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
करिव २ लाख १ हजार आठ सय मूल्य बराबरको सरसमान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालयमा बुझाईएको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधवकुमार बुढाथोकीले जानकारी दिए । file photo