
काठमाडौं : कोरोना संक्रमणबाट आज थप २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ८ सय ७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका १ हजार ६ सय ७७ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ७२ हजार १ सय २८ पुगेको छ ।
यसैगरी, आज २ हजार ७२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ३१ हजार जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयको अनुसार आज १४ सय २३ पिसीआर र २ सय ५४ एन्टिजेन बिधिबाट उक्त संक्रमण पुष्टि भएको हो ।