काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फतिमा सुमारबीच शुक्रबार भेटवार्ता भएको छ ।

बुधबारदेखि नेपाल भ्रमणमा रहेकी सुमारले शुक्रबार प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेकी हुन् ।

भेटका क्रममा नेपाल र अमेरिकाबीचको एमसीसी कम्प्याक्टलगायत समन्वयका क्षेत्रमा कुराकानी भएको प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

नेपालको आर्थिक रूपान्तरणका लागि अमेरिकी सहयोगका सम्भाव्यताका विषयमा पनि भेटमा कुराकानी भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।


२०७८ भाद्र २५, शुक्रबार २०:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय