सुर्खेत : मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको र १० जना भन्दा धेरै घाइते भएका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो । ‘ठूलो दुर्घटना भयो । बस टुक्राटुक्रा भयो । २३ जनाको लास भयो । धेरै घाइते छन् । घाइतेलाई विमानस्थलमा ल्याएका छौं र कतिपयलाई उद्दार गरिरहेका छौं, हामीले प्लेन र हेलिकप्टर मगाएका छौं’ उनले भने ।

उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिए । अहिले नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारका लागि घटनास्थलमा पुगेका छन् ।

२०७८ आश्विन २६, मंगलवार १५:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय