जनकपुरधाम : धनुषामा एक महिलाको घाँटी रेटेर हत्याको प्रयास भएको छ । धनुषाको विदेह नगरपालिकामा बस्ने एक महिला घाँस काट्न गएको बेला चाँदीको गहना लुटने क्रममा घाँटी रेटेर हत्याको प्रयास भएको हो ।

धनुषा विदेह नगरपालिका ६ गिद्धाका रामबहादुर मण्डलकी ५५ वर्षीया श्रीमती जमुनी देवी मण्डल केवटले लगाएको गहना लुट्न छुराले घाँटी रेटेर हत्या गर्ने प्रयास भएको हो ।

शुक्रबार बिहान सावा दश बजे घाँस काट्न चौरमा गएकी जमुना देवीले खुट्टामा लगाएको चाँदीको गहना (काँरा) र सुनको मंगलसुत्र खोस्न उनलाई छुराले घाँटी रेटेर हत्याको प्रयास भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

स्थानीय भुट्टा चोर भनिने २५ वर्षिय रामभजन महतो सुडीले घाँटी रेटेर हत्या गर्ने प्रयास गरेको बुझिएका एक प्रहरी अधिकारीले अन्नपूणर्लाई जानकारी दिए ।

छुराले घाँटी रेटेपछि कराउँदा भुट्टा छाडेर भागेपछि स्थानीयले जमुना देवीको उद्धार गरी तत्कालै तिनकौरिया स्थित प्राथमिक उपचार ज्ञानु मेडिकल हाँलमा गराएका थप उपचारका लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पताल पठाएको स्थानीय पत्रकार अनिल साहले जानकारी दिए ।

२०७८ कार्तिक ५, शुक्रबार १५:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय