मुम्बई : बलिउड इन्डस्ट्रीकी चर्चित अभिनेत्री कटरीना कैफ र अभिनेता विक्की कौशलको अफेयरको खबर लामो समयदेखि मिडियामा छाइरहेको छ । तर, यस विषयमा दुवैले कुनै जानकारी दिएका छैनन् ।

अब यो जोडीले विवाहको तयारी सुरु गरेको खबर भारतीय मिडियामा छ्यापछ्याप्ती भएको छ । उनीहरुले आउँँदो नोभेम्बर या डिसेम्बरमा विवाह बन्धनमा बाँधिने गरी तयारी थालेका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार, कटरीना र विक्कीको लागि विवाहको पहिरन चर्चित फेशन डिजाइनर सब्यासाचीले डिजाइन गरिरहेकी छन् । कटरीनाले विवाहका लागि रअ सिल्क फेब्रिक (लेहेंगा) छानेकी छन् ।

यो जोडीले गत अगस्टमा नै गुपचुप रुपमा विवाह गरेको खबर बाहिरिएको थियो । पछिल्लो केही समययता उनीहरुलाई मिडियाहरुले प्रायः एकसाथ भेटाउने गरेका छन् ।

कटरीना र विक्कीको अफेयरको खबर आउन २०१८ बाट सुरु भएको थियो । फेमस च्याट शो ‘कफी विद करण’ को सिजन ६ मा कटरीनाले विक्क्कीसँग पर्दामा आफ्नो जोडी राम्रो देखिने बताएकी थिइन् । उनको फेभरेट एक्टर नै विक्की हुन् ।

उनी हालै फिल्म ‘सरदार उधम’ को प्रिमियरमा विक्कीसँग देखिएकी थिइन् । ‘उरी’ को सफलतापछि विक्कीको करिअर यतिबेला उत्कर्षमा छ ।


२०७८ कार्तिक ११, बिहीबार १०:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय