
महोत्तरी: कोभिड–१९ को संक्रमणबाट मलेसियामा मृत्यु भएका पिडित परिवारलाई आर्थिक सहयोग भएको छ ।
मलेसियामा कोरोना संक्रमणबाट मृत्यु भएका सम्सी गाउँपालिका-४ का निवासी रामदेव महतो परिवारलाई हेल्प मधेशी संस्थाले आर्थिक सहयोग गरेको छ ।
महोत्तरी जिल्लाको गैढा भेटपुर -९ हाल सम्सि गाउँपालिका वडा नं ४ का निवासी स्वर्गीय रामदेव महतो जो विगत ७ बर्ष देखि मलेशियामा कार्यरत थिए तर केही दिन पहिले महतो कोरोना महामारीमा कोरोना पोजेटिभ भएर उपचारको क्रममा निधन भएका थिए ।
उक्त मृतक परिवारको आर्थिक अवस्था एकदमै कमजोर, दयनिय रहेको हुनाले, स्वर्गीय महतोको श्रीमतीले भिडियो मार्फत सहयोगका अपिल गरेका थिए ।
आज शनिवारको दिन पिडित महतोको घरमा पुगि त्यहाँको स्थानीय युवा नरेश महतो , युवा लक्ष्मी शाह र हेल्प मधेसि मलेसिया जोहर दलानको भु.पु अध्यक्ष युवा समाजसेबि वचन जि शाह ,हेल्प मधेसी नेपालके सकृय सदस्य बिजय राउत लगायत स्थानीय समाजको रोहबरमा युवा समाजसेवी अर्थात हेल्प मधेसी मलेसियाको दु उपाध्यक्ष सुरेन्द्र महतोद्वारा १५ हजार सहयोग रकम हस्तान्तरण गरेको छ ।