किसन साह ,
सर्लाही : जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कौडेना गाउँपालिका लक्ष्मीपुर निबासी राम ईश्वर राउतका ३० वर्षीय छोरा शत्रुधन राउतको शव सर्लाहीको फुलपराशी र गोडैतालाई जोड्ने हुलाकी सडक छेउको नहरमा शुक्रवार दिउँसो हत्या गरि पानीमा फालिएको अवस्थामा शव फेला परेको छ ।

मृतकका बुवा रामईश्वर राउतका अनुसार छोरा घरको छानो बनाउने(घरामी)काम गर्ने मजदुर रहेको र शव फेला परेको एकदिन अगाडी बिहिवार बिहान ७ बजे काम गर्न गएको थियो ।काम गर्न गएको छोरा राती घर नआए पछि चारै तिर पत्ता लगाउँदा पनि पत्ता नलागेको र हराएको भोली पल्ट शुक्रवार बिहान पनि पत्ता लगाउँदा जानकारी नआए पछि साँझ त घर आउँछ होला भनि दैनिक काममा लागेर दिउँसो खेतमा काम गर्दै गर्दा गाउँका केही ब्यक्तिहरुले फुलपरासी र गोडैताको बीचमा पर्ने सडक छेउको नहरको पानीमा एक पुरुषको शव फेला परेको छ भन्ने थाहापाए पछि हेर्न जाँदा उक्त शव आफ्नै छोराको रहेको थाहा पाएको रामईश्वरले बताए। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी ले जानकारी दिए ।

२०७८ मंसिर १८, शनिबार १२:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय