binod_CHaudhary_nepalvani

काठमाडौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी परेको छ। पार्टीको केन्द्रीय निर्वाचन कार्यालय र केन्द्रीय निर्वाचन आयोगमा चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी परेको हो।

सिराहा क्षेत्र नम्बर ३ का कांग्रेस महासमिति सदस्य डा सुभाष्चन्द्र यादवले चौधरीविरुद्ध उजुरी दिएका हुन्। चौधरीलाई अवैधानिक रुपमा केन्द्रीय सदस्य बनाइएको भन्दै उनको पद खारेज गरी आफूलाई केन्द्रीय सदस्य बनाउन माग गरेका छन्।

कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको तर चौधरी २०७४ सालमा मात्र कांग्रेस प्रवेश गरेकाले उनी केन्द्रीय सदस्य बन्न नपाउने यादवले तर्क गरेका छन् ।

उद्योगपति चौधरी कांग्रेसको १४औं महाधिवेशनमा मधेसी (खुला) कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।


२०७८ पुष २२, बिहीबार १२:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय